१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 07 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format २o:४३:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

साफ यू–२० : मैदानमा नेपालका दुई रेफ्री, भारत–माल्दिभ्सकाे खेल खेलाउँदै प्रज्वल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format २o:४३:oo

भारतमा जारी साफ यू–२० फुटबल च्याम्पियनसिपअन्तर्गत अहिले भारत र माल्दिभ्सबीचको खेल जारी छ । धेरै नेपाली समर्थकले समेत यो खेल हेरिरहेका छन् । 
किनकि यो खेलमा माल्दिभ्सले भारतलाई हराए नेपाल प्रतियोगिताको फाइनलमा पुग्नेछ । यही आशाका साथ नेपाली खेलाडी र सामर्थकको आँखा मैदानमा अडेको छ । त्यही मैदानभित्र दुई नेपाली कुदिरहेका छन् । तर, फरक भूमिकामा । 
अर्थात् भारत र माल्दिभ्सबीचको खेलका चारमध्ये नेपाली रेफ्री नेपाली छन् । मुख्य रेफ्रीको भूमिकामा प्रज्वल क्षेत्री छन् भने कन्हैया यादव सहायक रेफ्रीको रूपमा मैदानमा छन् । 
आजको पहिलो खेलमा नेपाली युवा टिमले समर्थकहरूलाई सुखी दिन नसके पनि मैदानमा व्यावसायिक रूपमा कुशलतापूर्वक खेल खेलाइरहेका प्रज्वल र कन्हैयाको भूमिकाले भने धेरै नेपाली फुटबल प्रेमीलाई आनन्द दिएको छ ।