१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २५ मंगलबार
  • Tuesday, 07 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २५ मंगलबार १६:२९:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

निजी क्षेत्रलाई विद्युत् व्यापारको अनुमति दिन सकिँदैन : कुलमान घिसिङ

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २५ मंगलबार १६:२९:oo

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले २० वर्षपछि पनि निजी क्षेत्रलाई विद्युत् व्यापार गर्न दिन नसकिने बताएका छन् । आइतबार नेपाल आर्थिक पत्रकार समाज (सेजन)द्वारा आयोजित ‘क्रस बोर्डर विद्युत् व्यापारमा खुला पहुँच र प्रसारण मूल्य निर्धारणलाई प्राथमिकता’ विषयक परामर्श कार्यशालामा बोल्दै निर्देशक घिसिङले विद्युत् प्राधिकरणले ट्रान्समिसन प्रसारण लाइनको जोखिम र शुल्क तिर्ने तथा २० वर्षपछि निजी क्षेत्रलाई व्यापार गर्न दिने कुरा सम्भव नभएको स्पष्ट पारे । 

‘विद्युत् व्यापारमा भारतबाट राम्रै मूल्य आएको छ, प्राधिकरणले केही कमाइरहेका छौँ । विगतमा एक वर्षमा पाँच अर्बको निर्यात गरेका छौँ । यो वर्ष प्राधिकरणले करिब १६ अर्बभन्दा बढीको विद्युत् निर्यात गर्छौँ । विद्युतका लागि जुन जोखिम लिएका थियौैँ,’ निर्देशक घिसिङले भने, ‘अब २० वर्षपछि यसलाई परिवर्तन गरेर निजी क्षेत्रलाई विद्युत् व्यापार गर्न दिने कुरा हुँदैन ।’

निर्देशक घिसिङले प्रसारण लाइनमा वन तथा अन्य विविध कारणले प्रसारण शुल्क बढाउँदै जान नहुने बताए । उनले पछिल्लो समय ट्रान्समिसन प्रसारणमा शुल्क उच्च हुँदै गएको बताए । प्रसारण लाइनको लागत कम गर्नुपर्ने उनको भनाइ थियो । विद्युतको मूल्य भारतमा राम्रो पाएकाले यो वर्ष विद्युत् प्राधिकरणले करिब १६ अर्ब रुपैयाँको विद्युत् निर्यात गर्ने बताए । गत वर्ष प्राधिकरणले पाँच अर्बको विद्युत् निर्यात गरेको थियो ।

निर्देशक घिसिङले अहिले सबै उद्योगमा शतप्रतिशत क्षमतामा विद्युत् दिएको बताए । उद्योगहरूमा विद्युतमा सामान्य समस्या हुँदा पनि ठूलो मुद्दा बनाउने काम भइरहेको भन्दै त्यस्तो नगर्न उनले आग्रहसमेत गरे । उनले सबै विद्युतीय सवारी चलाए पनि चार सय मेगावट खपत हुँदैन भन्ने डाटा गलत भएको बताए । घिसिङका अनुसार विद्युतीय सवारीमा प्रतिकिलोमिटरमा एक रुपैयाँ पनि नपर्ने भन्दै अहिले पेट्रोल डिजेलमा २० रुपैयाँ सवारी भाडा रहेको बताए । पेट्रोल तथा डिजेलबाट चल्ने सवारीलाई प्रतिस्थापन गर्न जरुरी रहेको उनको भनाइ थियो । 
 

ad
ad