Skip This
२५ दिनपछि शर्मा पुनः अर्थमन्त्री नियुक्त
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ श्रावण १५ आइतबार
  • Tuesday, 16 September, 2025
मुख्य समाचार डिजिटल संस्करण

२५ दिनपछि शर्मा पुनः अर्थमन्त्री नियुक्त

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ श्रावण १५ आइतबार १६:१८:oo

माओवादी केन्द्रका नेता जनार्दन शर्मा २५ दिनपछि पुनः अर्थमन्त्री नियुक्त भएका छन्। प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले शर्मालाई पुनः अर्थ मन्त्रालयमा नियुक्त गरेकी हुन्।

बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिलाई प्रवेश गराई करका दर हेरफेर गरेको आरोपपछि शर्माले गत असार २२ मा पदबाट राजीनामा दिएका थिए। संसदीय विशेष छानबिन समितिले अनधिकृत व्यक्तिको प्रवेश नदेखिएको निष्कर्षसहित प्रतिवेदन बुझाएपछि शर्मा पुनः मन्त्री नियुक्त भएका हुन्।