१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २१ शुक्रबार १३:२१:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

बलात्कार आरोपित सिद्धबाबाको ‘महायज्ञ’मा मन्त्री र महान्यायाधिवक्ता उपस्थित भएकोमा एमालेको आपत्ति

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १३:२१:oo

एमालेकी सांसद डा. शिवमाया तुम्बाहाङ्फेले बलात्कार आरोपित सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई महायज्ञमा पुगेर सरकारका मन्त्री र महान्यायाधिवक्ताले भेटेको विषयमा आपत्ति जनाएकी छिन्।

शुक्रबार प्रतिनिधिसभा बैठकको विशेष समयमा सांसद तुम्बाहाङ्फेले अदालतमा मुद्दा विचाराधीन अवस्थामा रहेको बलात्कार आरोपितलाई सरकारका मन्त्रीहरले भेटेकोप्रति आपत्ति जनाएकी हुन्। आरोपित व्यक्ति शक्तिकेन्द्रका मानिसहरूसँग जोडिनुले पीडितलाई मनोवैज्ञानिक असर पर्ने भन्दै उनले यस्तो कदमले पीडितमाथि झनै उत्पीडन हुने औँल्याइन्।

आरोपित गिरीलाई अदालतले साधारण तारिखमा छोडेकाले न्यायाधीशमाथि पनि प्रश्न उठेको उनको भनाइ छ। सांसद तुम्बाहाङ्फेले भनिन्, ‘हामीले अदालतमा विचाराधीन मुद्दाबारे भन्नु केही छैन । तर, सो मुद्दासँग जोडिएका व्यक्ति कृष्णबहादुर गिरी अथवा सिद्धबाबा भनेर चिन्ने गरिएको छ । ती व्यक्ति जोडिएको जहाँ हाम्रो सरकारका मन्त्री, महान्यायाधिवक्तासमेत सो महायज्ञमा गएर आफ्नो उपस्थिति जनाउँदा यो मुलुकका नेपाली महिलाले, नेपाली जनताले के ठानेका छन् भन्ने कुरा सोच्ने कि नसोच्ने सरकार पक्षले ?’

ad
ad