मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ श्रावण १३ शुक्रबार
  • Thursday, 13 August, 2026
नयाँ पत्रिका काठमाडाैं
२o७९ श्रावण १३ शुक्रबार १o:३५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नेपालमा बाघको संख्या ३५५ पुग्यो, बाघ संरक्षणमा नेपाल १२ देशभन्दा अगाडि

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७९ श्रावण १३ शुक्रबार १o:३५:oo

नेपालमा बाघको संख्या तीन सय ५५ पुगेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार बिहान राष्ट्रिय प्रज्ञा–प्रतिष्ठानबाट बाघ सर्वेक्षणको डाटा सार्वजनिक गरे  । आज जुलाई २९, विश्व बाघ दिवस । ‘स्वस्थ पारिस्थितिक प्रणालीका लागि बाघ संरक्षण’ नाराका साथ दिवस मनाइँदै छ । दिवसकै दिन पारेर बाघको संख्या सार्वजनिक गरेको वन तथा वातावरण मन्त्रालयका प्रवक्ता मेघनाथ काफ्लेले जानकारी दिए । 

जसमा चितवन राष्ट्रिय निकुञ्जमा एक सय २८, बर्दिया राष्ट्रिय निकुञ्जमा एक सय २५, पर्सा राष्ट्रिय निकुञ्जमा ४०, शुक्लाफाँटा राष्ट्रिय  निकुञ्जमा ३८ र बाँके रािष्ट्रय निकुञ्जमा २५ बाघ रहेको डाटामा उल्लेख छ । नेपालमा सन् २०१० मा बाघको संख्या एक सय २१ थियो । २०१८ मा दुई सय ३५ थियो । सन् २०२२ मा दुई सय ५० पुर्‍याउने लक्ष्य राखेको थियो । 

महानिर्देशक कँडेलले वन्यजन्तु र वासस्थानको क्षयीकरणका बाबजुद पनि दोब्बर लक्ष्य हासिल गर्न सफल भएको बताए ।  द्वन्द्वकालमा बाघ र गैँडाको संख्या घटेको उनले बताए । 

बाघ पाइने १३ मुलुकले सन् २०१० मा भेला भएर १२ वर्षमा दोब्बर बनाउने घोषणा गरेका थिए। त्यतिखेर प्रधानमन्त्री माधवकुमार नेपाल थिए। १३ देशले गरेको प्रतिबद्धताअनुसार बाघको संख्या दोब्बर बनाउन नेपाल पहिलो भएको छ ।  सन् १९७० को दशकबाट बाघको संख्या घटेपछि ९० को दशकमा निकुञ्ज नै बनाएर नेपाल बाघको संरक्षणमा जुटेको थियो ।