१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format १६:१४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

अब भरतपुर अस्पतालमा ओपिडी टिकटको शुल्क तिर्नुनपर्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १६:१४:oo

चितवनस्थित भरतपुर अस्पतालले ओपिडी टिकट निःशुल्क गरेको छ। भरतपुर अस्पताल विकास समितिको निर्णयानुसार आज आइतबारदेखि सबै सेवाग्राहीका लागि ओपिडी टिकट निःशुल्क गरिएको हो।

भरतपुर अस्पतालले नेपालमै पहिलोपटक ओपिडी टिकट निःशुल्क गरेकाे अस्पतालका प्रवक्ता डा. गोविन्द कँडेलकाे दाबी छ। गरिब तथा विपन्न व्यक्तिहरूलाई मध्यनजर गर्दै यो निर्णय गरिएको उनले बताए। यसअघि ओपिडी टिकटको ३० रुपैयाँ शुल्क लिइँदै आइएको थियो। महिलाहरूका लागि भने भरतपुर महानगरपालिकाले निःशुल्क टिकटको व्यवस्था गरेको थियो।

यो निर्णयसँगै अब टिकटकै कारण कसैले पनि उपचारबाट वञ्चित हुनु नपर्ने र नागरिकले राज्यबाट राहतको अनुभूति गर्ने कँडेलको विश्वास छ। भरतपुर अस्पतालमा दैनिक १२ सयदेखि १७ सय बिरामी उपचारका लागि आउने गरेका छन्।