मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Wednesday, 16 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १३:१३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

दलाल पुँजीलाई पाेसेर समाजवाद आउँदैन : अध्यक्ष नेपाल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १३:१३:oo

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले दलाल पुँजीलाई पोसेर देशमा समाजवाद नआउने दाबी गरेका छन्। शनिबार कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४४औँ स्मृति दिवसलाई सम्बोधन गर्दै नेपालले यस्तो बताएका हुन्।

उनले दलाल पुँजीलाई पोसेर र प्रोत्साहन दिएर देशको राष्ट्रिय पुँजीको प्रवर्द्धन हुने कुरा सम्भव नहुने बताए। राजनीतिमा विकृति, विसंगति र व्यक्तिवादी प्रवृत्ति देखापरेको भन्दै उनले यसलाई निमिट्यान्न पारेर अघि बढ्न आवश्यक रहेको उल्लेख गरे। अध्यक्ष नेपालले पुष्पलालबाट दिक्षित भएर नै आफूले नयाँ पार्टी खोलेको जिकिरसमेत गरेका छन्।

‘अहिले पनि हाम्रासामु धेरै चुनौती छन् । तर, डराउनुपर्ने अवस्था छैन । हामीले नेपालको इतिहासका पानाहरू निर्माण गरेका छौँ । इतिहासमा नयाँ कीर्तिमान कायम गरेका छौँ । कसैले असम्भव ठानेका कुरालाई सम्भव तुल्याएर देखाएका छौँ । खास गरेर पुष्पलालबाट दीक्षित भएका हामीले नेकपा एकीकृत समाजवादी, क्रान्तिकारी पार्टी खोलेका छौँ । जसले छुट्टै अस्तित्व देखाएको छ,’ उनले भने।