मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Wednesday, 16 July, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format ११:४३:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

पुष्पलालको स्मृतिमा कांग्रेसमाथि ओलीको कटाक्ष

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format ११:४३:oo

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसले प्रजातान्त्रिक लडाइँमा सहिद भएकाहरूलाई उचित सम्मान दिन नसकेको आरोप लगाएका छन् ।

शनिबार  कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४४औँ स्मृति दिवसलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भीमदत्त पन्त लगायतका सहिदलाई कहिल्यै आफ्नो सहिद नमानेको भन्दै उनले कांग्रेसलाई भीमदत्त पन्तको नाम लिँदा पनि सिरिङ हुने बताए ।

अध्यक्ष ओलीले नेपाली कांग्रेसको तर्फबाट आन्दोलन गर्दा यज्ञबहादुर थापा, भीमनारायणहरू फाँसीको सजाय सुनाइए पनि कांग्रेसले एउटा विज्ञप्ति पनि निकाल्न नसकेको बताए । उनले सत्ता स्वार्थ र राजनीतिक स्वार्थका लागि कांग्रेसले आफ्नै अग्रजहरूको सम्मान गर्न नसकेको आरोप लगाए । अध्यक्ष ओलीले गिरिजाप्रसाद कोइराला कम्युनिस्ट नेता मनमोहन अधिकारीबाट प्रेरित भएर कम्युनिस्टका कार्यकर्ताका रूपमा राजनीतिमा लागेको दाबी गरे ।

अहिले पनि देशको परिवर्तनकारी र बलियो शक्ति पुष्पलालले नै स्थापना गरेको पार्टी नेकपा एमाले रहेको दाबी गरे  उहाँले  पार्टी अध्यक्षको हैसियतमा आफू पुष्पलाल र अन्य अग्रजहरूले देखाएको बाटोबाट विचलित नहुने प्रण गरे । अध्यक्ष ओलीले देशको सबैभन्दा सचेत, संगठित, सबल, विस्तृत, परिवर्तनकारी शक्ति नेकपा एमाले नै रहेकाले पार्टीलाई अझै सशक्त बनाएर लैजने बताए । ४४औँ स्मृति दिवसको अवसरमा अध्यक्ष ओलीले संस्थापक नेता श्रेष्ठको प्रतिमामा माल्यार्पण र पुष्पगुच्छा अर्पणसमेत गरेका थिए ।