१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १५ मंगलबार
  • Tuesday, 28 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ १५ मंगलबार १o:५८:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

थापा दोस्रोपटक महिला टोलीका मुख्य प्रशिक्षक 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ १५ मंगलबार १o:५८:oo

नेपाली फुटबल टोलीका पूर्वमिडफिल्डर कुमार थापा दोस्रोपटक राष्ट्रिय महिला फुटबल टोलीमा मुख्य प्रशिक्षक बनेका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा)ले शुक्रबार थापालाई छैटौँ महिला साफ च्याम्पियनसिपमा सहभागिता जनाउने नेपाली टोलीका मुख्य प्रशिक्षकका रूपमा नियुक्त गरेको हो । महिला साफ च्याम्पियनसिप २१ भदौदेखि नेपालमै हुनेछ । 

प्रतियोगितामा आयोजक नेपालसँगै भारत, भुटान, बंगलादेश, माल्दिभ्स, श्रीलंका र पाकिस्तानले प्रतिस्पर्धा गर्नेछन् । तीन वर्षअघि विराटनगरमा पाँचौँ महिला साफ च्याम्पियनसिप भएको थियो, जसमा नेपाल भारतसँग फाइनलमा पराजित भएको थियो । 

२०७३ मा थापा पहिलोपटक महिला टोलीका मुख्य प्रशिक्षक बनेका थिए । थापाले सन् २०१३ देखि ०१७ सम्म महिला टोली हेरेका थिए । उनी विभागीय टोली एपिएफका समेत प्रशिक्षक हुन् । यसैबीच एन्फाले साफ च्याम्पियनसिप आयोजनाका लागि समिति पनि गठन गरेको छ । महिला साफ आयोजक कमिटीको संयोजकमा वीरबहादुर खड्का नियुक्त भएका छन् । 

प्रतियोगिताको भेन्यु म्यानेजरका रूपमा रवीन्द्र चन्द, व्यवस्थापकमा विजय घले तथा सुरक्षा प्रमुखमा दिनेश व्यञ्जनकार नियुक्त भएका छन् । एन्फाले सञ्जीव शिल्पकारलाई मार्केटिङ तथा मिडिया संयोजक बनाएको छ ।

ad
ad