१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
मुख्य समाचार डिजिटल संस्करण

सेयर धितो कर्जामा कैँची : चार करोडको सीमा हट्यो, १२ करोडको कायमै

हटेन सेयर धितो कर्जाको अधिकतम सीमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १६:५o:oo

नेपाल राष्ट्र बैंकले सेयर धितो कर्जामा लगाएको सीमालाई सामान्य रूपमा संशोधन गर्दै निरन्तरता दिएको छ। सेयर धितो कर्जामा लगाइएको सीमाबारे सडकदेखि सदनसम्म विरोध भइरहेको अवस्थामा उक्त व्यवस्था हट्ने अपेक्षा गरिएको थियो। तर, राष्ट्र बैंकले भने चालू आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै सेयर कर्जामा लगाएको अधिकतम सीमालाई निरन्तरता नै दिएको हो।

यसअघि एक व्यक्तिले सेयर धितोमा एउटा बैंकबाट चार करोड र समग्र बैंकिङ प्रणलीबाट १२ करोड रुपैयाँसम्म कर्जा पाउने व्यवस्था थियो। राष्ट्र बैंकले यसमा १२ करोडको अधिकतम सीमालाई कायमै राखेको छ। तर, एक बैंकबाट बढीमा चार करोडसम्म मात्र कर्जा पाउने सीमालाई भने हटाएको छ।

यसअनुसार अब एक व्यक्तिले एउटै बैंकबाट पनि १२ करोड रुपैयाँसम्म कर्जा पाउन सक्नेछन्। तर, १२ करोडभन्दा बढी कर्जा भने नपाउने परिकल्पना मौद्रिक नीतिले गरेको छ। अब राष्ट्र बैंकले एकीकृत निर्देशन जारी गरेर यसलाई कार्यान्वयनमा ल्याउनेछ।

ad
ad