१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
फाइल फाेटाे
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २१ शुक्रबार १७:२१:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

राज्य व्यवस्था बेथिति र विसंगतिको पुलिन्दा बन्यो : अध्यक्ष लिङ्देन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १७:२१:oo

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले राज्य व्यवस्था बेथिति र विसंगतिको पुलिन्दा बनेको आरोप लगाएका छन्। बिहीबार काठमाडौंमा बसेको पार्टीको केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै लिङ्देनले यस्तो बताएका हुन्।

नेपालमा विदेशी चलखेल बढ्दै गएको भन्दै उनले सत्तारुढ ठूला दलको अकर्मण्यता र असफलताका कारण राष्ट्रियता संकटमा परेको आरोप लगाए। अध्यक्ष लिङ्देनले विदेशीसामु प्रमुख दलहरूले अनुसरण गरेको लम्पसारवादको नीतिले नेपाल विदेशी हस्तक्षेपको खेल मैदान बनेको जिकिर गरे। सरकारले असन्तुलन र अराजकतालाई प्रोत्साहन गरेको उनको आरोप छ।

‘सत्तारुढ ठूला दलका अकर्मण्यता र असफलताका कारण राष्ट्रियता संकटमा छ। विदेशी चलखेल र प्रभाव दिनदिनै बढिरहेको छ। विदेशीसामु प्रमुख दलहरूले अनुसरण गरेको लम्पसारवादको नीतिले नेपाल विदेशी हस्तक्षेपको खेल मैदान बनेको छ। सरकारले असन्तुलन र अराजकतालाई प्रोत्साहन गरेको छ । अस्थिरताको बाटो सिर्जना गरेको छ। भूराजनीतिक सन्तुलन गुमेको छ । नेपाल शक्तिराष्ट्रहरूको रणनीतिक प्रतिस्पर्धाको थलो बनेको छ,’ उनले भने।

अध्यक्ष लिङदेनले नेपाल आर्थिक संकटमा रहेको भन्दै यस्ता वेला नेपालमाथि अर्को संकट आइलाग्न सक्ने खतरा बढेको बताए। उनले सत्तासीन दलहरू कानमा तेल हालेर कुर्सी जोगाउने र सत्तामा टिकिरहने अंक गणितमा व्यस्त रहेको आरोप लगाए।

ad
ad