१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
रामकृष्ण थापा सिन्धुपाल्चोक
२o८१ बैशाख २१ शुक्रबार १३:१७:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

‘सिंहदरबार गाउँमा आएको भन्थे हो रहेछ’

Read Time : < 1 मिनेट
रामकृष्ण थापा, सिन्धुपाल्चोक
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १३:१७:oo

पाँच वर्षयता दिनभर हिँडेर बलेफीस्थित एनआइसी एसिया बैंक पुग्ने वडा नम्बर ४ अदमाराकी एक सय तीन वर्षीया वृद्धा विष्णुमाया खत्रीले यसपटक सामाजिक सुरक्षाभत्ता घरमै पाइन् । बलेफी गाउँपालिका अध्यक्ष गंगाबहादुर तामाङले हातमा भत्ता थमाइदिँदा उनको अनुहारमा खुसीको सीमा थिएन । घरमै भत्ता पाएपछि विष्णुमायाले हाँस्दै भनिन्, ‘सिंहदरबार गाउँमा आएको भन्थे हो रहेछ ।’  

व्यक्तिको मृत्युपछि पनि कागजात मिलाएर वृद्धाभत्ता हिनामिना गरेको पाइएपछि सरकारले खाता प्रणाली लागू गर्‍यो । तर, ज्येष्ठ नागरिकले सास्ती भोग्दै आएका छन् । टाढाबाट हिँडेर बैंक पुग्दा पनि दिनभर लाइनमा उभिनुपर्ने विवशताले स्थानीय तह गठनपछि ज्येष्ठ नागरिकले हैरानी व्यहोर्दै आएका हुन् । 

ज्येष्ठ नागरिकले पाएको दुःखको सुनुवाइ गर्दै बलेफी गाउँपालिकाले अबदेखि हिँड्न नसक्नेलाई घरमै पुगेर भत्ता दिने अभियानको सुरुवात गरेको छ । ‘वृद्धवृद्धा र अशक्तलाई घरमै र अरूलाई पनि गाउँको चोकचोकबाट सामाजिक सुरक्षाभत्ता वितरण गर्ने व्यवस्था मिलाएका छौँ,’ गाउँपालिका अध्यक्ष तामाङले भने । भत्ता वितरणका लागि सम्बन्धित बैंकका कर्मचारी, जनप्रतिनिधि र नेपाल प्रहरीको संयुक्त टोली गाउँगाउँ जाने योजना बनाइएको छ । वडा नं. ४ बाट सुरु गरिएको अभियान यो वर्ष पाँच वडामा लागू हुने उनले बताए । १, २ र ३ नम्बर वडाका स्थानीयले जलवीरेस्थित राष्ट्रिय वाणिज्य बैंकबाट भत्ता लिँदै आएका छन् । 
 

ad
ad