१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख १७ सोमबार o८:५६:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

चिकित्सकको लापरबाहीले मेडिसिटीमा बिरामीको मृत्यु, तीन कर्मचारी निलम्बित

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १७ सोमबार o८:५६:oo

गत १७ जेठमा नेपाल मेडिसिटी अस्पतालमा पोखराका योगेन्द्र बस्नेतको उपचारका क्रममा मृत्यु भयो । स्वास्थ्य उपचारका लागि गएका बस्नेतको चिकित्सकको लापरवाहीले मृत्यु भएको पीडित पक्षले आरोप लगाएको छ । 

सामान्य स्वास्थ्य जाँच गर्न मेडिसिटी अस्पताल पुगेका योगेन्द्रको चिकित्सकले पित्तथैलीको अप्रेसन गर्नुपर्ने बताएपछि २२ जेठमा ल्याप्रोस्कोपी विधिद्वारा शल्यक्रिया गरिएको थियो । तर, बीचबीचमा स्वास्थ्य समस्या आएकाले उनको २५ जेठमै मृत्यु भयो । 

योगेन्द्रका छोरा समीरबहादुर बस्नेतले स्वास्थ्य जाँचका क्रममा डा. सुनिल शर्माले पित्तथैलीको शल्यक्रिया गर्नुपर्ने सल्लाह दिएको र उनकै सल्लाहअनुसार शल्यक्रिया गरिएको बताए । ‘उच्च रक्तचापको समस्या भएकाले शल्यक्रिया गर्नुभन्दा ७२ घन्टाअगाडि बुबालाई औषधि सेवन बन्द गरिएको थियो,’ छोरा समीरले भने । 

पीडितका अनुसार शल्यक्रिया नर्मल भएको र सकिएपछि सामान्य बेडमा सारिएको थियो । अस्पतालले सामान्य खाना खुवाएर एक–दुई दिनमा डिस्चार्ज गर्ने बताएको थियो । तर, २४ जेठ बेलुका बिरामी बस्नेतले शल्यक्रिया गरेको भागमा दुःखेको भन्दै नर्सलाई खबर गरेका थिए । नर्सले जाँच गर्दा रक्तचाप सामान्य देखिएपछि शौचालय गएका बिरामी त्यहीँ ढलेका थिए । ढल्दा बस्नेतको मुख बांगिएको थियो ।

चिकित्सकको टोली बिरामीको स्वास्थ्य जाँच गर्दै सामान्य रहेको औँल्याएर बाहिरिएको थियो । बेलुका ८ बजे बेड सार्ने क्रममा बस्नेत पुनः ढलेका थिए । ‘सोही रातको ३ बजे बिरामी अचेत भएको र मेडिकल अफिसर आएर कृत्रिम श्वास दिएर आइसियूमा लगिएको थियो,’ समीरले भने । आइसियूमा लैजानुपर्ने अवस्था आएपछि मात्रै अस्पतालका चिकित्सकले भिडियो एक्सरे गरेर आन्तरिक रक्तश्राव भएको भन्दै पुनः शल्यक्रिया गर्नुपर्ने बताएका थिए । 

शल्यक्रियापछि पनि रक्तश्राव नरोकिएको र मल्टिअर्गान फेल भएकाले बिरामीलाई भेन्टिलेटरमा राखिएको पीडित पक्षको भनाइ छ । भेन्टिलेटरमा राखिएको अवस्थामा बस्नेतको २५ जेठमा मृत्यु भएको थियो । मृत्यु हुनुको मुख्य कारण चिकित्सकको गम्भीर लापरवाही भएको भन्दै पीडित पक्षले सत्यतथ्य छानबिन गरी कारबाही गर्न माग गरेका छन् । उनीहरूले मेडिकल काउन्सिलमा समेत उजुरी दिएका छन् । काउन्सिलले घटनाबारे छानबिन गरिरहेको छ । 

पीडित परिवारले अस्पताल प्रशासनसमक्ष ६ असारमा छानबिन गरिपाऊँ भन्दै निवेदन दिएको थियो । अस्पतालले पीडितको मागअनुसार डा. जयन्द्र बज्राचार्यको नेतृत्वमा छानबिन समिति गठन गरेको छ । बज्राचार्यका अनुसार छानबिन चलिरहेको छ । उपचारमा नजाने चिकित्सक राजीव मिश्रलाई अस्पतालले निलम्बन गरेको पीडितले बताएका छन् । मिश्रसहित अन्य दुईजना चिकित्सकलाई पनि निलम्बन गरिएको छ । तर, नाम भने सार्वजनिक गरिएको छैन । 

मेडिसिटी अस्पतालले उपचारमा कमजोरी भएको स्वीकार गरेको छ । उपचारमा संलग्न डा. सुनिल शर्माले पीडित परिवारलाई दिएको बयानअनुसार २४ जेठ राति १० बजे सेकेन्ड कलमा डा. राजीव मिश्रले बिरामीको स्वास्थ्य अवस्था ठीक भएको भन्दै आफूलाई जानकारी गराएको बताएका छन् । तर, मिश्रलाई अस्पतालमा गएर जाँच गर्नुभन्दा नगईकन उनले सिनियर चिकित्सकलाई बिरामीको स्वास्थ्य अवस्था ठीक भएको भन्दै जवाफ दिएको पाइएको छ । पीडितको दबाबप िछ अस्पतालले मिश्रलाई सोध्दा हात काटेकाले ड्युटीमा नगएको जवाफ दिएका थिए । 

ad
ad