मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका विराटनगर
२०७९ श्रावण १ आइतबार १८:४०:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

विराटनगरमा बढ्दै कोरोना संक्रमण : सुरक्षा सर्तकतामा बेवास्ता 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, विराटनगर
२०७९ श्रावण १ आइतबार १८:४०:००

चार दिनअगाडिसम्म शून्यमा रहेको कोरोना संक्रमण प्रदेश १ को राजधानी विराटनगर र आसपासका जिल्लामा ह्वात्तै बढेको छ । आइतबार विराटनगरस्थित जिल्ला कारागार मोरङमा ५४ जना कैदीबन्दीमा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरू सबैलाई उपचारका लागि कोसी कोभिड उपचार केन्द्रमा भर्ना गरिएको जेलर तुलसीराम भगतले बताए । उनका अनुसार चार दिनअघिसम्म जेलभित्र कोरोना संक्रमण थिएन । 

कोरोना संक्रमित बढेपछि हाल मोरङ कारागारमा स्वास्थ्य सुरक्षा सतर्कता बढाइएको  भित्रबाहिर आवतजावतमा कडाइ गरिएको  बताइएको छ । ‘जेलभित्र र बाहिर सबैतिर सेनिटाइज पनि गरिसकेका  छौँ । संक्रमितलाई उपचारका लागि पठाएपछि अहिले स्थिति नियन्त्रणमा छ,’ जेलर भगतले भने  । उनका अनुसार अत्याधिक गर्मीले गर्दा ज्वरो आउने बिरामी बढेसँगै कैदीबन्दीमा मिल्दोजुल्दो लक्षण देखिएपछि परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको हो  । 

सुरक्षा सतर्कता अपनाउन अपिल तर सर्वसाधारणको बेवास्ता  
मोरङ कारागारमा कोरोना संक्रमण बढेपछि विराटनगर महानगरपालिका र जिल्ला प्रशासन मोरङले सुरक्षा सतर्कता अपनाउन सर्वसाधारणसँग अपिल गरेका छन् । दुवै निकायको कोरोना रोकथाम बैठकले अनिवार्य मास्क लगाउन, जथाभावी घरबाट ननिस्कन र  समाजिक दुरी कायम गर्न अपिल गरेको छ । प्रशासनले स्वास्थ्य मापदण्ड अपनाउन अपिल गरे पनि कडाइ नगर्दा सर्वसाधारणले स्वास्थ्य  मापदण्डको  बेवास्ता गरेको देखिएको छ ।