मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Wednesday, 16 July, 2025
फाइल फाेटाे
Invalid date format १२:१o:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

गठबन्धन जोगाउन प्रचण्ड र आरजु भारत दौडाहामा : शंकर पोखरेल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १२:१o:oo

नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस नेतृ आरजु राणा देउवा गठबन्धन जोगाउन भारत गएका आरोप लगाएका छन्।

आइतबार पोखरामा प्रेस चौतारी गण्डकीले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले यस्तो आरोप लगाएका हुन्। गठबन्धन कायम राख्ने–नराख्ने विषयमा बाहिर छलफल गर्न थालेपछि योभन्दा लाचार के हुन्छ भन्दै महासचिव पोखरेलले प्रश्नसमेत गरेका छन्। 

गठबन्धनका दुई प्रमुख घटकका नेताहरू अहिले दिल्ली दौडाहामा रहेको भन्दै उनले गठबन्धनले नेपाली राजनीतिलाई नेपाली नागरिकको बीचमा राख्ने मान्यतालाई खण्डित गरेको आरोप लगाए । ‘अब त गठबन्धन कायम राख्ने कि नराख्ने भन्ने विषय पनि बाहिर बसेर छलफल हुने स्थिति आएको छ भने राष्ट्रिय हित र स्वाधीनताको प्रश्नमा योभन्दा अर्को लाचारी के हुन सक्छ ? यतिवेला गठबन्धनका दुई प्रमुख घटकका नेताहरू दिल्ली दौडाहामा हुनुहुन्छ । नेपाली राजनीतिलाई नेपाली जनताको बीचमा राख्ने मान्यतालाई खण्डित गर्नुभएको छ,’ उनले भने।

महासचिव पोखरेलले सर्वोच्चको परमादेशबाट गठबन्धन सरकार बनेपछि देशमा समस्या नै समस्या आइलागेको टिप्पणी गरे। ‘सर्वोच्च अदालतबाट जनताले निर्वाचित गरेको शक्तिलाई विस्थापित गर्दाका परिणामहरूले गर्दा अदालत अदालतजस्तो छैन। सरकार सरकारजस्तो छैन। संसद् संसदजस्तो छैन। राज्यसत्ताका प्रमुख अगंहरूप्रति नै विश्वास छैन। यसको प्रमुख कारण नै यो गठबन्धन हो,’ उनले भने।

वर्तमान सरकार कस्तो छ भन्ने कुराको दृष्टान्त एसपिपी सम्झौताको ड्राफले देखाएको उनको जिकर थियो। ‘अहिले पनि प्रधानमन्त्रीको तर्फबाट यो हाम्रो चाहना होइन भन्ने अभिव्यक्त आएको छ। यद्यपि, क्याबिनेट निर्णय भएको भनिएको छ, त्यो के निर्णय भएको थियो भन्ने पनि सार्वजनिक भएको छैन,’ उनले भने, ‘हामी त्यसका लागि तयार छैनौँ भन्ने पत्रसमेत अहिलेसम्म नपठाउनुले बताउँछ कि हामी कति गम्भीर छौँ भन्ने कुरा।’