मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Wednesday, 16 July, 2025
नयाँ पत्रिका नयाँ दिल्ली
Invalid date format १४:o४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

यो भ्रमणले नेपाल–भारत सम्बन्ध बलियो बनाउनेछ : प्रचण्ड 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, नयाँ दिल्ली
नयाँ पत्रिका
Invalid date format १४:o४:oo

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाल र भारतबीचको सम्बन्धलाई थप सुदृढ बनाउनका लागि आफूले भ्रमण गरेको बताएका छन्। शनिबार नयाँदिल्लीस्थित नेपाली राजदूतावासको कार्यालयमा न्युज एजेन्सी नेपालका संवाददातासँग कुरा गर्दै उनले यस्तो बताएका हुन्।

उनले भारतीय जनता पार्टी (भाजपा)का अध्यक्षको निमन्त्रणामा आफू भारत भ्रमण आएको बताए। उनले करिब तीन महिना पहिले नै कार्यक्रम तय भइसकेकाले यो आकस्मिक भ्रमण नभएको दोहो–याए । आफ्नो भारत भ्रमण सद्भावना भ्रमण रहेको उल्लेख गर्दै उनले नेपाल–भारतबीच सम्बन्धका विविध पक्षमा नेताहरूसँग चर्चा गरेर सकारात्मक वातावरण बनाउनमा आफ्नो प्रयास हुने स्पष्ट पारे।

‘अहिलेको यो भ्रमण भारतीय जनता पार्टीका प्रमुख प्रेसिडेन्टको निमन्त्रणामा भएको हो। दुई देशको सम्बन्धलाई अझ बलियो र सुदृढ बनाउने उद्देश्य छ र यो सद्भावना भ्रमण हो। कुनै एउटा विषयमा केन्द्रित गरेर गरिएको भ्रमण होइन,’ प्रचण्डले भने।