१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार o८:४९:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

सुक्खा पहिरोमा पुरिएर एक वृद्धको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o८:४९:oo

गोरखामा पहिरोमा पुरिएर एक वृद्धको मृत्यु भएको छ । मंगलबार साँझ ५ बजेतिर जंगलमा दाउरा काट्न गएका  सिरानचोक– ६ गैरीगाउँका ८० वर्षीय सुकबहादुर गुरुङको माथिबाट झरेको सुक्खा पहिरोमा पुरिएर मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनाको सूचना पाउनेबित्तिकै इप्रका जौबारी र प्रहरी चौकी नयाँसाँगुबाट खटिएका प्रहरीले उद्धार गर्दा गुरुङ मृत्यु भइसकेको अवस्थामा भेटिएको डिएसपी लीलाराज लामिछानेले जानकारी दिए ।

गुरुङको शव पोस्टमार्टमका लागि मंगलबार साँझ गोरखा अस्पताल ल्याइएको प्रहरीले जनाएको छ ।
 

ad
ad