१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
गणेश लम्साल विराटनगर
२o८१ बैशाख २० बिहीबार o६:२५:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

एक महिनाभित्र जोगबनी नाकाको मिरगन्जमा नयाँ पुल सञ्चालनमा ल्याउने भारतको आश्वासन

Read Time : > 1 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o६:२५:oo

लामो रिरुट समस्याले गर्दा सात महिनादेखि अघोषित नाकाबन्दीझैँ समस्या झेलिरहेका उद्योगी–व्यापारीलाई भारतले एक महिनाभित्र विराटनगर–जोगबनी भन्सार नाकामा पर्ने मिरगन्जमा नयाँ पुल सञ्चालनमा ल्याउने आश्वासन दिएको छ । भारतको विहार राज्यको अररिया जिल्लास्थित मिरगन्जमा रहेको परमान नदीको पुरानो फलामे पुल जीर्ण भएपछि सात महिनादेखि एक सय २० किलोमिटर लामो रिरुट मार्ग प्रयोग गर्न बाध्य उद्योगी–व्यवसायीलाई भारतले यही अगस्ट २ सम्ममा निर्माणाधीन नयाँ पुल सञ्चालनमा ल्याउने आश्वासन दिएको हो । 

पछिल्लो समयमा मिरगन्ज पुलमा समस्या आएपछि उद्योगी–व्यापारीले गत पुस महिनादेखि रिरुटको समस्या भोगिरहेका थिए । पटक–पटक निर्माण भइरहेको नयाँ पुल चाँडो सञ्चालनमा ल्याउन र मर्मत भइसकेको पुरानो पुलको भारवहन क्षमता बढाउन उद्योगीहरूले आग्रह गर्देै आए पनि भारतले बेवास्ता गर्दै आएको थियो । 

पटक–पटकको दबाबपूर्ण आग्रहपछि २७ असारमा भारत विहार राज्यको अररिया जिल्लाकी डिस्ट्रिक्ट मजिस्टे«ट (डिएम) श्रीमती इनायत खानले मिरगन्जमा यही अगस्ट महिनाभित्र नयाँ पुल सञ्चालनमा ल्याउने जानकारी गराएको मोरङ व्यापार संघका अध्यक्ष नवीन रिजालले बताए । उनका अनुसार डिएम खानले नयाँ पुल सञ्चालनमा नआउन्जेलसम्म पुरानो फलामे पुलको भारवहन क्षमता बढाएर मालवाहक सवारी अवातजावत गराउन दिने फोनमार्फत जानकारी गराएकी छिन् । पटक–पटक चाँडै नयाँ पुल सञ्चालन गराउन दबाब दिँदै आएका उद्योगी–व्यापारीहरू पछिल्लोपटक २६ असारमा डिएमसमक्ष डेलिगेसन गएका थिए ।  

अध्यक्ष रिजालका अनुसार जिर्णोद्वार गरिएको पुरानो फलामे पुलमा हाल न्यूनतम आठ टन भारवहन क्षमतका सवारीसाधन मात्र आवतजावत गर्न दिने गरिएको छ, भारतले दिएको आश्वासन कार्यान्वनय भएमा । नेपालतर्फबाट जाने सबै खाली मालवाहक सवारीहरू अर्को पुल सञ्चालन नहुन्जेलसम्म उक्त फलामे पुलबाट जाने पाउनेछन् ।  

मर्मत भइसकेको पुरानो फलामे पुलमा भारवहन क्षमता बढाउन र निर्माण भइसकेको नयाँ आरसिसी पक्की पुल सञ्चालनमा ल्याउन नेपाली उद्योगी–व्यापारीले पटक–पटक भारत सरकारसँग आग्रह गर्दै आएका थिए । तर, भारतीय अधिकारीहरूले बेवास्ता गर्दा नेपाली उद्योगी–व्यापारीहरू एक सय २० किमि दूरी तय गरेर रिरुट मार्ग प्रयोग गर्न बाध्य भइरहनुपरेको थियो । मिरगन्ज पुल विराटनगर–जोगबनी भन्सार नाकाबाट मात्र एक किलोमिटरको दूरीमा पर्छ । मिरगन्जपुलकै कारण चालू वर्ष पनि आयात–निर्यातमा समस्या हुँदा उद्योगी–व्यापारीले सात महिनादेखि डिटेन्सन र डेमरेज चार्जको दोब्बर बढी भार व्यहोरिरहेका छन्  ।  

पछिल्लोपटक  मिरगन्ज पुल भासिएपछि २३ पुस ०७९ देखि एक हप्तासम्म ठूला सवारीसाधान आवागमन ठप्प भएको थियो । पछि उद्योगी र नेपाल सरकारको आग्रहमा भारतले अररियाको वथनाह हँुदै सुपौल जिल्लाको वीरपुर भएर नेपालको भन्टाबारी नाकाको एक सय २० किमि लामो मार्ग रिरुटका लागि प्रयोग गर्न अनुमति दिएको थियो ।

ad
ad