१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 07 July, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format o९:१o:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

जबर्जस्ती करणी कसुरमा संलग्न तीनजनालाई जेल चलान

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format o९:१o:oo

जबर्जस्ती करणी कसुरमा संलग्न तीनजना जेल चलान भएका छन् । जेठ २९ गते रातको २ बजे बौद्धस्थित लुङता गेस्टहाउसमा २४ वर्षीया महिलाई तीनजना पुरुषले पालैपालो जबर्जस्ती करणी गरी घटनास्थलबाट फरार भएका थिए । 

तत्कार प्रहरी वृत्त बौद्धबाट प्रहरी अधिकृतसहितको टोलीले उक्त गेस्टहाउसबाट पीडितलाई उद्धार गरी स्वास्थ्य परीक्षण गरेको थियो । फरार तीन अभियुक्त सिन्धुपाल्चोक मेलम्चीका २२ वर्षीय रिन्जेन शेर्पा भन्ने रिन्जेन दावा लामा, सर्लाही बागमतीका ३४ वर्षीय उत्तम लामा भन्ने उत्तरमान माेक्तान र काठमाडौंका २४ वर्षीय रितेश लामाले जबर्जस्ती करणी गरेका थिए । आफूलाई जबर्जस्ती गर्नेविरुद्ध पीडितले हारगुहार गर्दा पनि गेस्टहाउस सञ्चालक झ्याम्पा ढिल्ले शेर्पाले बचाउन सहयोग नगरेको भन्दै मतियारको रपमा उनीसहित चारजनालाई बौद्ध एरियाबाट पक्राउ गरेको हो । 
 
पक्राउ प्रतिवादीहरूउपर मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद १८ को करणीसम्बन्धी कसुर मुद्दामा काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भएको थियो।  प्रहरीले असार २३ गते काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेको थियो । असार २७ गते अदालतले दोषी ठहर गर्दै प्रतिवादीमध्येका रिन्जेन शेर्पा भन्ने रिन्जेन दावा लामा, उत्तम भन्ने उत्तरमान माेक्तान र रितेश तामाङ पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।  गेस्टहाउस सञ्चालक झ्याम्पा ढिल्ले शेर्पा १० लाख रुपैयाँ धरौटीमा छुटेका छन् ।