१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
नयाँ पत्रिका नवलपरासी
२o८१ बैशाख २२ शनिबार o८:१५:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

स्वास्थ्य बिमा दर्ता सहयोगीको ताला

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, नवलपरासी
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार o८:१५:oo

आफ्नो पारिश्रमिक नपाएपछि स्वास्थ्य बिमा दर्ता सहयोगीहरूले जिल्ला स्वास्थ्य बिमा सम्पर्क कार्यालयमा ताला लगाएका छन् । सरकारले सुरु गरेको स्वास्थ्य बिमाको नवलपुर जिल्ला सम्पर्क कार्यालयमा विभिन्न माग राख्दै तालाबन्दी गरेका हुन् ।

उनीहरूले ०७८ देखिको पारिश्रमिक नपाएको, बिमितहरूलाई स्वास्थ्य सेवाप्रादायक संस्थाहरूले सम्मानजनक व्यवहार नगर्ने गरेको, बिमाले समेटेको औषधि र गुणस्तरीय उपचारमा ध्यान नदिएको, केन्द्रीय बिमा बोर्डले समयमै सेवाप्रदायक संस्थालाई भुक्तानी नदिएको, स्वास्थ्य सेवाप्रदायक संस्थामा बिमा सहायता कक्ष स्थापना नगरिएको गुनासो गरेका छन् । स्वास्थ्य बिमा दर्ता सहयोगीले ०७८ भदौ चक्रको कमिसन तीन दिनभित्र, ०७९ जेठ चक्रको कमिसन सात दिनभित्र र अबदेखि हरेक चक्र सुरु भएको मितिले १५ दिनभित्र पारिश्रमिक पाउनुपर्ने मागसमेत राखेका छन् । 

स्वास्थ्य बिमा गरेको बिरामीलाई उपचारका लागि सम्झौता गरेको नवलपुरको मध्यबिन्दु जिल्ला अस्पतालले बिमा गरिआएका बिरामीलाई उपचार गरेबापतको रकम भुक्तान पाएको छैन । अस्पतालको मेडिकल सुपरिटेन्डेन्ट डा. वीरबहादुर थापाका अनुसार मध्यबिन्दु जिल्ला अस्पतालले यस वर्ष बिमा गरेर आएका सेवाग्राहीले सेवा लिएबापत पाउनुपर्ने एक करोड रुपैयाँभन्दा बढी भुक्तान नपाएको हो । थापाले भने, ‘हामीले एक करोड ८० लाख रुपैयाँभन्दा बढी खर्च गरेकोमा करिब ५५ लाख रुपैयाँ मात्र प्राप्त भएको छ ।’ रकम नआएका कारण असारमा अस्पतालले औषधि नै कम मगाएको उनको भनाइ छ ।

ad
ad