१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ५ शनिबार
  • Saturday, 18 May, 2024
२o८१ जेठ ५ शनिबार o८:१८:oo
Read Time : > 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

पाँचौँपटक हैदराबादको दुई सयमाथिको योगफल

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ५ शनिबार o८:१८:oo

१७औँ इन्डियन प्रिमियर लिग (आइपिएल)मा रनको वर्षा भइरहेको छ । बलरलाई सुहाउँदो पिचमा ब्याट्सम्यानले सहजै रन बटुलिरहेका छन् । जसका कारण टोलीले दुई सयमाथिको योगफलसमेत रक्षा गर्न सक्ने अवस्था छैन । सनराइजर्स हैदराबादले चालू सिजनमा पाँचौँपटक दुई सयमाथिको योगफल खडा गरेको छ । आइपिएलको ५०औँ खेलमा बिहीबार हैदराबादले शीर्ष स्थानमा रहेको राजस्थान रोयल्सविरुद्ध तीन विकेट गुमाएर दुई सय एक रन योगफल खडा गर्‍यो । राजस्थानले २० ओभरमा सात विकेट गुमाएर दुई सय रन जोड्यो । हैदराबादले रोमाञ्चक खेलमा एक रनको जित निकाल्यो । यद्यपि, राजस्थान १६ अंकका साथ शीर्ष स्थानमा छ । हैदराबाद १२ अंकका साथ चौथो स्थानमा उक्लेको छ । 

चालू सिजनमै हैदराबादले सर्वाधिक योगफलको रेकर्ड तोडेको छ । एकै सिजनमा धेरैपटक दुई सय रनमाथि योगफल बनाउने रेकर्ड मुम्बई इन्डियन्सको नाममा छ । गत सिजनमा मुम्बईले ६ पटक दुई सय रनमाथि जोडेको थियो । कोलकाता नाइट राइडर्स पनि फर्ममा छ । यसपालि कोलकाताले पनि पाँचपटक दुई सयमाथिको योगफल बनाएको छ । गत सिजनमा दुई टोलीले समान पाँचपटक दुई सय रन बनाएका थिए । गुजरात र चेन्नई सुपर किंग्सले यस्तो सफलता प्राप्त गरेका थिए ।

१० वर्षभित्र हैदराबादको रोमाञ्चक जित
उपाधि दाबेदारी दिइरहेको हैदराबादले एक दशकको अन्तरमा चारपटक रोमाञ्चक जित निकालेको छ । सन् २०१४ देखि ०२४ सम्मको रेकर्डअनुसार हैदराबादले एकपटक मात्र एक रनको अन्तरले जित दर्ता गरेको छ । संंयोगले बिहीबार राति राजस्थानमाथिको एक रनको अन्तरजित नै अहिलेसम्मको रोमाञ्चक बन्यो । यसै सिजनमा हैदराबादले पन्जाब किंग्सलाई दुई रनले हरायो । सन् २०२२ को सिजनमा हैदराबादलाई तीन रनले पराजित गरेको थियो । सन् २०१४ को सिजनको आइपिएल दुबईमा भएको थियो । जसमा हैदराबादले दिल्ली क्यापिटल्सलाई चार रनले हराएको थियो । कोभिडका कारण सन् २०२१ को आइपिएल आबुधाबीमा भएको थियो । यस सिजनमा हैदराबादले रोयल्स च्यालेन्जर्स बेंग्लोरमाथि चार रनको जित निकाल्यो । 

पावर प्लेमा सर्वाधिक विकेट लिने बलर भुवनेश्वर
हैदराबादका भुवनेश्वर कुमारले राजस्थानविरुद्ध व्यक्तिगत रेकर्ड राखेका छन् । उनी पावर प्लेमा धेरै विकेट लिने बलर बनेका छन् । उनले अहिलेसम्म ६७ विकेट लिए । दोस्रो स्थानमा राजस्थानका सन्दीप शर्मा छन् । उनले ६० विकेट हात पारेका छन् । चेन्नईका दीपक चाहर ५८ विकेटका साथ तेस्रो स्थानमा छन् । राजस्थानका ट्रेन्ट बोल्ट चौथो स्थानमा रहे । उनले पावर प्लेमा ५७ विकेट लिए । गुजरातका उमेश यादवले पनि ५७ विकेट पावर प्लेमा लिएका छन् । इकोनोमी रनरेटका आधारमा उनी पाँचौँ स्थानमा छन् । 

जबर्जस्ती ब्याटिङ प्रदर्शन गरिरहेको हैदराबादले राजस्थानविरुद्ध पावर प्लेमा कमजोर प्रदर्शनको रेकर्ड राखेको छ । राजस्थानविरुद्धको प्रतिस्पर्धामा हैदराबादले पावर प्लेमा दुई विकेट गुमाएर ३७ रन जोडेको थियो । पन्जाबविरुद्धको खेलमा राजस्थानले तीन विकेटको नोक्सानीमा ४० रन बनाएको थियो ।

ad
ad