मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
फाइल फाेटाे
नयाँ पत्रिका काठमाडौं
२०७९ असार २७ सोमबार १७:११:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

गठबन्धन सरकार मृत भइसक्यो, यसले हैजा फैलाउँछ : ओली 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ असार २७ सोमबार १७:११:००

एमाले अध्यक्ष केपी शर्मा ओलीले शेरबहादुर देउवा नेतृत्वको पाँचदलीय गठबन्धन सरकार मृत अवस्थामा पुगेको बताएका छन्। सोमबार सम्पादकहरूसँगको अन्तर्क्रियामा ओलीले निष्प्राण अवस्थामा पुगेको यस्तो सरकारलाई बोकेर हिँड्नु देश र जनताका लागि हानिकारक हुने बताए।

‘यही सरकार अहिलेको अवस्थामा बोकेर हिँड्नु उपयुक्त हुँदैन। हानिकारक छ भने झन् बोक्नुहुँदैन। यो निष्प्राण भैसक्यो, यसले हैजा फैलाउँछ। डेड भइसक्यो यो गठबन्धन,’ उनले भने, ‘सतीदेवीलाई भगवान शिवले काँधमा बोकेर हिँडदा त सतीदेवी बाँचिनन् भने यो गठबन्धन देशका लागि काम लाग्छ ?’