१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
नयाँ पत्रिका सुदूरपश्चिम
२o८१ बैशाख २२ शनिबार १८:o५:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

सुदूरपश्चिम प्रदेश : संशोधन नभए बजेट पास हुन नदिने कांग्रेसको निर्णय

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, सुदूरपश्चिम
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार १८:o५:oo

नेपाली कांग्रेसले सुदूरपश्चिम प्रदेश सरकारले अगामी आर्थिक वर्ष ०७९/८० का लागि ल्याएको बजेट संशोधन नगरेसम्म पास हुन नदिने निर्णय गरेको छ । आज नेपाली कांग्रेस संसदीय दलका उपनेता देवराज पाठकको अध्यक्षतामा बसेको सुदूपश्चिम प्रदेश संसदीय दलको बैठकले बजेट संशोधन गर्नुपर्ने र नगरे पारित हुन नदिने निर्णय गरेको हो ।

बैठकले बजेट संशोधन गर्नुपर्ने निर्णय गरेको प्रमुख सचेतक भरतबहादुर खड्काले जानकारी दिए । उनले प्रदेश सरकारले ल्याएको बजेट जनताको हितमा नभएकाले परिमार्जन गर्नुपर्ने संसदीय दलले निर्णय गरेको जानकारी दिए । 

कांग्रेसले बैठकले बजेट संशोधन गर्नुपर्ने मागसहितको निर्णयका आधारमा प्रदेश सरकारको ध्यानाकर्षण गराइने जनाएको छ । संसदीय दलको बैठकमा सामाजिक विकासमन्त्रीसमेत रहेका कांग्रेस सचेतक गोविन्द बोहरा, राज्यमन्त्री टेकबहादुर रैका, प्रदेश सभा सदस्य डिल्लीराज पन्त, श्यामलाल राना थारूसहितका सातजना सहभागी थिए ।

प्रदेश सरकारका आर्थिक मामिलामन्त्री प्रकाशबहादुर रावलले गत असार १ मा प्रदेश सभा बैठकमा प्रस्तुत गरेको ३६ अर्ब ७६ करोड रुपैयाँको बजेटमाथि सत्तारुढ दलकै सांसदहरूको असन्तुष्टिका कारण अहिलेसम्म बजेटमाथि छलफल हुन सकेको छैन । माओवादी केन्द्रले आफ्ना सांसद्लाई बजेटको विरोध नगर्न र पक्षमा उभिन निर्देशन दिए पनि विरोध कायमै छ भने बजेटबारे एकीकृत समाजवादी पार्टीले कुनै निर्णय गरेको छैन । 

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले बिचौलियाको प्रयोग गरेर ल्याइएको बजेट खारेज गर्नुपर्ने माग गरेको छ । असार मसान्तभित्र बजेट पारित गर्नुपर्ने संवैधानिक व्यवस्था भए पनि २५ असारसम्म प्रदेश सभामा बजेटमाथि छलफल हुन नसक्दा अनिश्चित बनेको छ ।

ad
ad