
वडा नम्बर १, २, ९ र १० मा एमाले विजयी
बाजुराको बुढीगंगा नगरपालिकाको मेयर र उपमेयर दुवैमा एमालेले अग्रता कायमै राखेकाे छ । नगरपालिकाको वडा नम्बर १, २, ९ र १० को मतगणना हुँदा मेयर र उपमेयरमा एमालेको अग्रता रहेको हो ।
पछिल्लो मतपरिणाम अनुसार मेयरमा नेकपा एमालेका रामबहादुर बानियाँले १ हजार ७ सय ३२ र नेपाली कांग्रेसका रंगबहादुर खातीले १ हजार ६७ मत पाएका छन् । त्यसैगरि उपमेयरमा नेकपा एमालेकी माया कुँवरले १ हजार ६ सय ८७ र कांग्रेसकी रीता शाहीले १०३० मत पाएकी छिन् ।
हालसम्म वडा नम्बर १, २, ९ र १० को मत गणना सकिएकाे छ । यी वडामा एमाले विजयी भएकाे छ । गत वैशाख ३० गते भएको निर्वाचन विवादित भएपछि निर्वाचन आयोगले बिहीबार पुनः मतदान गराएको हो । मतदानमा ६६.८३ प्रतिशत मत खसेको थियो ।