१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २१ शुक्रबार २o:३६:oo
Read Time : < 1 मिनेट
ad
ad
विश्व डिजिटल संस्करण

बेलायतका प्रधानमन्त्री जोनसनले दिए राजीनामा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार २o:३६:oo

बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले बिहीबार कन्जर्भेटिभ पार्टीको नेताको पदबाट राजीनामा दिएका छन्। श्रृंखलाबद्ध विवाद र आफ्नै दलको तर्फबाट मन्त्रिपरिषदमा रहेका सदस्यहरूले राजीनामा दिएपछि जोनसनले दलको नेता र प्रधानमन्त्रीको पदबाट राजीनामाको घोषणा गरेका हुन् । 

जोनसनले कन्जर्भेटिभ पार्टीको नेताबाट राजीनामा पेस गरेपछि बेलायती विदेशमन्त्री लिज ट्रसले बिहीबार सबैलाई शान्त र एकताबद्ध बनेर अघि बढ्न आह्वान गरेका छन्। ‘प्रधानमन्त्रीले सही निर्णय गर्नुभएको छ । जोनसनको नेतृत्वमा रहेको सरकारले ब्रेक्जिट, कोभिड–१९ विरूद्धको खोप विकास र वितरण तथा युक्रेनलाई समर्थन गर्नेजस्ता धेरै उपलब्धिहरू हासिल गरेको छ । हामीलाई अहिले शान्ति र ऐक्यबद्धताको आवश्यकता छ । नयाँ नेता चयन गर्दासम्म उहाँको नेतृत्व कायम रहनेछ,’ लिजले भनेका छन् । 

अब कन्जर्भेटिभ पार्टीमा नयाँ नेतृत्व चयनको प्रक्रिया सुरु हुनेछ । आगामी अक्टोबरमा टोरी दलको सम्मेलन हुनुअघिसम्म नयाँ प्रधानमन्त्रीको चयन भइसक्नेछन् ।

चरणबद्ध रूपमा मन्त्रीहरूले राजीनामा दिएपछि जोनसनलाई राजीनामाका लागि चर्को दबाब सिर्जना भएको थियो । अर्थमन्त्री ऋषि सुनक र स्वास्थ्यमन्त्री साजिद जाबिदको नाटकीय राजीनामापछि जोनसन संकटमा परेका थिए । यसै वर्षको सुरुमा क्रिस पिन्चरलाई सहायक प्रमुख सचेतक नियुक्त गर्ने जोनसनको निर्णयका विषयमा विवाद भएपछि उनीहरूले मंगलबार  राजीनामा दिएका थिए ।

उनीहरूको राजीनामासँगै बुधबार अन्य कतिपय मन्त्रीहरूले पनि राजीनामा दिएका थिए । यसअघि जोनसनप्रति असन्तुष्टि जनाउँदै ५० भन्दा बढी कन्जर्भेटिभ सांसदहरूले सरकारमा उनीहरूले निर्वाह गर्दै आएका भूमिकाबाट राजीनामा दिएका थिए ।

यसअघि मंगलबार मात्रै अर्थमन्त्री नियुक्त भएका नदिम जाहाबीले पनि पदबाट राजीनामा दिँदै एक पत्र प्रकाशित गरेर प्रधानमन्त्री जोनसनले सरकारलाई अवमूल्यन गरिरहेको र उनी पदबाट हट्नुपर्ने बताएका थिए । रासस

ad
ad