१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार १४:११:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

लमजुङ कारागारमा क्षमताभन्दा तेब्बर कैदीबन्दी 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १४:११:oo

जिल्ला कारागार लमजुङमा क्षमताभन्दा तेब्बर कैदीबन्दी हुँदा व्यवस्थापनमा समस्या भएको छ। कारागारको क्षमता जम्मा ३५ जनाको भए पनि हाल कारागारमा एक सय दुईजना कैदीबन्दी राखिएको छ । जसमध्ये ६ जना महिला र ९६ जना पुरुष छन् ।

कारागार कार्यालयका जेलर सुवास केसीका अनुसार कारागारको क्षमता जम्मा ३५ जनाको हो । ठाउँ अभावका कारण क्षमताभन्दा तेब्बर कैदीलाई एकैठाउँ राखिएको छ । ‘कारागारको भवन जीर्ण छ, कैदीबन्दीको संख्या बढेको पनि बढ्यै भयो,’ उनले भने, ‘वैकल्पिक व्यवस्थापन हुन नसक्दा कैदीबन्दीहरूलाई बस्न समस्या भएको छ।’

साँघुरो ठाउँमा धेरैजनालाई राख्दा सुत्न तथा शाैचालयको समेत समस्या हुने गरेको छ । कारागारभित्र कोचाकोच हुने गरी राख्दा आफूहरूलाई सुत्न र शौचालय जानसमेत समस्या भएको कैदीबन्दीले बताउँदै आएका छन् ।

कारागार कार्यालयका अनुसार फरार अभियुक्तहरू धमाधम पक्राउ पर्न थालेपछि कैदीबन्दीको संख्या बढेको हो । ०२८ सालमा स्थापना भएको कारागार ०७२ कोे भूकम्पका कारण जीर्ण अवस्थामा छ । कारागारका चौकीदार नवीन गुरुङले क्षमताभन्दा तेब्बर कैदीबन्दी भएको कारागारमा वैकल्पिक व्यवस्थापन हुन नसक्दा कैदीबन्दीलाई  सुत्न र शौचालय जान समस्या भएको जानकारी दिए ।

‘कैदीबन्दीले पिउने पानी, चर्पी, आरामदायी बसाइलगायतका समस्या भोग्नुपरेको छ,’ उनले भने, ‘जिल्लामा आधुनिक कारागार भवन निर्माणका लागि विभागमा पटक–पटक अनुरोध गरे पनि कुनै प्रक्रिया अगाडि बढ्न सकेको छैन ।’ 

ad
ad