मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ असार २३ बिहीबार ०६:४५:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

प्रधानमन्त्री–नाडा पदाधिकारी भेट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ असार २३ बिहीबार ०६:४५:००

नाडा आटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष धुव्र  थापाको नेतृत्वमा गएको एक प्रतिनिधिमण्डलले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटी सवारीसाधनको आयातमा लागेको प्रतिबन्ध हटाउन माग गरेको छ । भेटमा प्रधानमन्त्री देउवाले नाडाको प्रतिनिधिमण्डललाई निजी प्रयोजनका सवारीसाधनहरूको आयातमा लागेको प्रतिबन्ध हटाउन सकारात्मक रहेको बताएको नाडाले जनाएको छ । साथै, प्रधानमन्त्री देउवाले सवारीसाधन पैठारीकर्ताले नेपालमै विद्युतीय सवारीसाधनहरूको एसेम्बलिङ प्लान्ट स्थापना गरी बढ्दो व्यापार घाटा कम गर्न सुझावसमेत दिएको जनाइएको छ । 

अध्यक्ष थापाले नेपालमा पैठारी हुने हजारौँ वस्तुहरूमध्ये कार, जिप र भ्यानजस्ता सवारीसाधनले मात्रै आयातको तुलनामा झन्डै दोब्बरभन्दा बढी राजस्व योगदान पुर्‍याउने बताए । यस तथ्यले नेपालको बढ्दो व्यापार घाटा र शोधनान्तर घाटामा यसको अंश अत्यन्त सानो भए पनि योगदान भने धेरै उच्च रहेको उनको भनाइ थियो । यसै यथार्थताहरूलाई मनन गर्दै कार, जिप र भ्यानजस्ता निजी प्रयोजनका सवारीसाधनहरूको आयातमा लागेको प्रतिबन्ध फुकाउनका लागि आवश्यक पहल गरिदिन उनले आग्रह गरेका थिए । 

अध्यक्ष थापाले ‘नाडा अटो एक्स्पो २०२२’ २०७९ साल भदौ ७ देखि १२ गतेसम्म काठमाडांैको भृकुटीमण्डपमा सम्पन्न गर्ने निर्णय गरेको प्रधानमन्त्रीलाई जानकारी गराए । एक्स्पोका लागि नयाँ सवारीसाधनको आयात सुचारु हुनु आवश्यक भएकाले पनि सो प्रतिबन्ध खुला गरिदिन उनले आग्रह गरेका थिए । भेटघाट तथा छलफलमा उपाध्यक्ष सुनील रिजाल, कोषाध्यक्ष मिलनबाबु मल्ल तथा केन्द्रीय कार्यसमिति सदस्यहरू आकाश गोल्छा तथा कपिल सिवाकोटीको उपस्थिति रहेको थियो ।