१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
बागबजार क्षेत्रमा जारको पानी परीक्षण गर्दै स्वास्थ्य कार्यालय काठमाडौंको अनुगमन टोली
शिवहरि घिमिरे काठमाडाैं
२o८१ बैशाख १७ सोमबार o६:१७:oo
Read Time : > 2 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

केयुकेएल र  ट्यांकरको पानीमा  भेटियो झाडापखाला  र हैजाको जीवाणु

Read Time : > 2 मिनेट
शिवहरि घिमिरे, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख १७ सोमबार o६:१७:oo

केयुकेएल, ट्यांकर, जार तथा बोतलको पानी पनि उमालेर मात्रै पिउन स्वास्थ्य कार्यालयको आग्रह 

समयमै सावधानी नअपनाए यसले भयावह अवस्था ल्याउन सक्छ : वसन्त अधिकारी प्रमुख, स्वास्थ्य कार्यालय काठमाडौं

उपत्यकामा ठूलो क्षेत्रलाई खानेपानी वितरण गर्दै आएको केयुकेएलको खानेपानीमा हैजा र झाडापखालाको जीवाणु भेटिएको छ, समयमै सावधानी नअपनाए यसले भयावह अवस्था ल्याउन सक्छ । हामीले केयुकेएल, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र काठमाडौं महानगरपालिकालाई यसबारे सचेत हुन, पानीको शुद्धता मापन गर्न र जनचेतना फैलाउन आग्रह गरेका छौँ ।

पिउन अयोग्य पानी बिक्री गर्नेलाई कारबाही हुन्छ : डा. मतिना जोशी वैद्य महानिर्देशक, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग

खानेपानीको गुणस्तर मापन खानेपानी विभागले र जार तथा प्याकिङ पानी र जंकफुड, होटेललगायतको अनुगमन खाद्यले गर्छ । जारको पानी वितरण गर्ने र प्रशोधन गर्ने उद्योग तथा कम्पनीहरूको हामीले अनुगमन थालेका छौँ, धेरैजसोकामा फोहोर भेटिएको छ । पिउन अयोग्य पानी बिक्री गर्नेलाई कारबाही हुन्छ ।

जताततै पिउन अयोग्य पानी वितरण
स्वास्थ्य कार्यालय काठमाडौंले बुधबार बागबजार, डिल्लीबजार, बालाजु, त्रिपुरेश्वर, बल्खु, चन्द्रागिरिलगायत स्थानमा पुगेर पानीको नमुना परीक्षण गरेको थियो । त्यस क्रममा उपत्यकामा वितरण गरिने खानेपानी सीधै पिउनयोग्य नरहेको भेटिएको छ । केही नमुना परीक्षणमा हानिकारक जीवाणु भेटिएपछि स्वास्थ्य कार्यालयले शुक्रबार अनुगमनलाई तीव्रता दिने जनाएको छ । पानीमा दिसाजन्य जीवाणु भेटिएपछि स्वास्थ्य कार्यालयले केयुकेएललाई पानी शुद्ध पार्न प्रयोग गरिने क्लोरिनको मात्रा बढाउन निर्देशन दिएको छ । सबैतिरको पानीमा जीवाणु भेटिएकाले उमालेर वा झोल क्लोरिन हालेर पिउन अनुरोध गरेको छ ।

गृहले बनायो कार्ययोजना, आपूर्ति मन्त्रालयले अनुगमन गर्ने
खानेपानीमा हैजा तथा झाडापखालाका जीवाणु भेटिएपछि गृह मन्त्रालयले अनुगमन तथा जनचेतनाका लागि कार्ययोजना बनाएको छ । बिहीबार उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरूसहित बैठक बसेको थियो । कार्ययोजनाअनुसार जिल्ला प्रशासन कार्यालयहरूले अनुमगन समिति बनाएर खानेपानी उद्योग, वितरण केन्द्र र स्रोतको अनुगमन तथा परीक्षण गर्नुपर्नेछ । जारको पानीलाई लक्षित गरेर शुक्रबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले नियामक निकायसहितको उपस्थितिमा पानीको शुद्धताबारे अनुगमन गर्नेछन् ।

...                                                ...

काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) र ट्यांकर व्यवसायीले वितरण गर्ने खानेपानीमा झाडापखाला तथा हैजाजन्य जीवाणु (फिकल इ. कोलाई) भेटिएको छ । स्वास्थ्य कार्यालय काठमाडौंले मंगलबार र बुधबार पानीको नमुना परीक्षण गरेको थियो ।

‘उपत्यकामा ठूलो क्षेत्रलाई खानेपानी वितरण गर्दै आएको केयुकेएलको खानेपानीमा हैजा र झाडापखालाको जीवाणु भेटिएको छ, समयमै सावधानी नअपनाए यसले भयावह अवस्था ल्याउन सक्छ,’ स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख वसन्त अधिकारीले नयाँ पत्रिकासँग भने, ‘हामीले केयुकेएल, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र काठमाडौं महानगरपालिकालाई यसबारे सचेत हुन, पानीको शुद्धता मापन गर्न र जनचेतना फैलाउन आग्रह गरेका छौँ ।’ 

उपत्यकाका अधिकांश ठाउँमा खानेपानी वितरण गर्दै आएको केयुकेएलको ट्यांकीमै पुगेर स्वास्थ्य कार्यालयले बुधबार नमुना परीक्षण गरेको थियो । हैजा र झाडापखालाको जीवाणु भेटिएपछि स्वास्थ्यले केयुकेएललाई पानी प्रशोधन तथा थप शुद्धीकरण गर्न भनेको छ । २ असारमा उपत्यकाका हैजाको संक्रमण पुष्टि भएको थियो । हालसम्म काठमाडौंमा १३ र ललितपुरमा एक गरी उपत्यकाभित्र १४ जनामा हैजाको संक्रमण देखिएको छ । 

स्वास्थ्य कार्यालय प्रमुख अधिकारीका अनुसार पछिल्लो समय उपत्यकामा वितरण गरिने पानीका स्रोतमै झाडापखाला तथा हैजाका जीवाणु भेटिएका छन् । यसअघि उपत्यकाका विभिन्न सडकमा थुपारिएको फोहोरका कारण उक्त जीवाणु पानीमा फैलिएको हुन सक्ने अनुमान गरिएको छ । केयुकेएल, ट्यांकर, जार तथा बोतलको पानी पनि उमालेर मात्रै पिउन सर्वसाधारणलाई आग्रह गरिएको अधिकारीले बताए । 

गत साता पुतलीसडक र टेकु क्षेत्रको भलको पानीमा हैजाका कीटाणु भेटिएका थिए । त्यस्तै, पिउन प्रयोग गरिने जारको पानीमा पनि हैजाका जीवाणु भेटिएपछि गत शुक्रबार जिल्ला प्रशासन कार्यालय काठमाडौं, केयुकेएल, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, काठमाडौं महानगरपालिकालगायतको संयुक्त बैठक बसेको थियो । बैठकले खानेपानीको अनुगमन र परीक्षण गर्ने निर्णय गरेको थियो । त्यसयता स्वास्थ्य कार्यालयले लगातार पानीको नमुना परीक्षण गर्दै आइरहेको छ । 

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक मतिना जोशी वैद्यले केयुकेएलले वितरण गर्ने खानेपानीको गुणस्तर मापन खानेपानी विभागले गर्ने बताइन् । यसबाहेक जार तथा प्याकिङ पानी र जंकफुड, होटेललगायतको अनुगमन खाद्यले गर्नेछ । ‘जारको पानी वितरण गर्ने र प्रशोधन गर्ने उद्योग तथा कम्पनीहरूको हामीले अनुगमन थालेका छौँ, धेरैजसोकामा फोहोर भेटिएको छ,’ जोशीले भनिन्, ‘पिउन अयोग्य पानी बिक्री गर्नेलाई कारबाही हुन्छ ।’ उनका अनुसार अनुगमनका क्रममा पानीको जार पुनः प्रयोग हुँदा राम्ररी सफा नगरिएका कारण जीवाणु भएको अनुमान गरिएको छ । कतिपयले खोलाको पानी भरेर सीधै वितरण गर्न ल्याएको पनि भेटिएको छ । 

जारको पानीमा कोलिफर्म, सावधानी अपनाउन निर्देशन
स्वास्थ्य कार्यालय प्रमुख अधिकारीका अनुसार जारको खानेपानीमा यसअघि नै कोलिफर्म ब्याक्टेरिया भेटिएको थियो । बुधबार नमुना परीक्षण गर्दा केही कम्पनीले वितरण गर्ने जारको पानीमा पनि हानिकारक जीवाणु भेटिएको छ । यसबारे काठमाडौं महानगरलाई थप अनुगमन गर्न र खानेपानी वितरक कम्पनीलाई सावधानी अपनाउन स्वास्थ्यले अनुरोध गरेको छ । केही दिनयता परीक्षण गर्दा सबैजसो स्रोतका खानेपानीमा दिसामा हुने जीवाणु भेटिएको उनले बताए । 

ad
ad