
बाल यौन दुर्व्यवहारमा संलग्न जोरपाटीस्थित सर्वनाम शिक्षालयका शिक्षक रामजी बस्नेतलाई अदालतले पुर्पक्षका लागि जेल चलान गरेको छ । काठमाडौं जिल्ला अदालतमा बिहीबार भएको थुनछेक बहसपछि बस्नेतलाई पुर्पक्षका लागि जेल चलान गर्न आदेश गरेको हो ।
उनलाई हाल डिल्लीबजारस्थित कारागारमा राखिएको छ । उनीमाथि विगत सात महिनाअघिदेखि कक्षा ७, ८ र १० मा अध्ययनरत वर्ष ११, १२ र १४ वर्षीया विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको आरोप लागेको थियो । विद्यार्थीले उजुरी गरेपछि बस्नेतलाई प्रहरीले २१ जेठमा रामेछापबाट पक्राउ गरेको थियो ।