१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 07 July, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format १७:२१:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

डाक्टर गाउँमा जानै मान्दैनन् : स्वास्थ्यमन्त्री खापुङ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format १७:२१:oo

नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानी खापुङले चिकित्सकहरू दुर्गम क्षेत्रमा जान नमान्दा सबै क्षेत्रमा स्वास्थ्य सेवा पुग्न नसकेको बताएका छन् । बिहीबार नेपाल स्वास्थ्य प्राविधिक संघको ४४औँ स्थापना दिवसलाई सम्बोधन गर्दै मन्त्री खापुङले अहिले देशका विभिन्न जिल्लाहरूबाट दरबन्दी खाली रहेको भन्दै डाक्टर तथा नर्स पठाइदिन आग्रह गरे पनि स्वास्थ्यकर्मीहरू जान नमान्दा देशका सबै क्षेत्रमा स्वास्थ्यको सुनिश्चितता हुन नसकेको बताएका हुन् । 

‘स्वास्थ्यमन्त्री भएको दुई दिन मात्र भएको छ । यो दुई दिनको अवधिमा धेरै मान्छे जिल्लाहरूबाट डाक्टर पठाइदिनुपर्यो दरबन्दी यति छ भनेर आउनुभएको छ । नर्स पठाइदिनुपर्यो दरबन्दी यति छ, भनेर आउनुभएको छ,’ मन्त्री खापुङले भने, ‘कोही जान तयार हुनुहुन्न । हामी गाउँ क्षेत्रमा त डाक्टर पठाउनै सक्दैनौँ । नर्स पठाउन सक्दैनौँ ।’

मन्त्री खापुङले गाउँ क्षेत्रमा अहिले पनि डाक्टर र नर्स एवं स्वास्थ्य प्राविधिकहरू जान नमान्दा स्वास्थ्य क्षेत्रमा समस्या आइरहेको बताए । उनले सबै स्वास्थ्यकर्मीहरूले जुनकुनै वेला कुनै क्षेत्रमा पनि जानुपर्नेछ भन्ने मानसिकताको विकास गर्न जरुरी रहेको पनि बताए । कुनै पनि चिकित्सक, कुनै क्षेत्रमा काम गर्न योग्य नर्स वा कोही पनि प्राविधिक सकेसम्म कुनै पनि ठाउँमा जान मानसिकता बनाउँदा राम्रो हुन्छ । त्यो बनाउन सक्यौँ भने सेवा पनि पुग्छ । हामीले लडेर ल्याएर बनाएको संविधानमा उल्लेख भएको स्वास्थ्यसम्बन्धी हकलाई कार्यान्वयन गर्ने कुरामा हाम्रो थप बल पुग्छ ।’

मन्त्री खापुङले स्वास्थ्यकर्मीहरूको जुन कुनै क्षेत्रमा जान हिचकिचाहट नगर्ने प्रवृत्तिकाे विकासले संविधानमा उल्लेख भएको स्वास्थ्यसम्बन्धी हकलाई कार्यान्वयन गर्ने कुरामा थप बल पुग्ने विश्वास व्यक्त गरे ।