मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ असार १६ बिहीबार १६:४७:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

राप्रपा नेपाल कर्णाली प्रदेश अध्यक्षमा श्रेष्ठ  

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ असार १६ बिहीबार १६:४७:००

राप्रपा नेपाल कर्णाली  प्रदेश अध्यक्षको जिम्मेवारी ईश्वर श्रेष्ठले पाएका छन् । सुर्खेतमा जारी कर्णाली प्रदेशस्तरीय अगुवा कार्यकर्ता भेलाले प्रदेश अध्यक्षको जिम्मेवारी श्रेष्ठलाई प्रदान गरेको हो । पार्टी अध्यक्ष कमल थापाले श्रेष्ठलाई जिम्मेवारी दिँदै बधाईसहित शुभकामना दिएका छन् । 

अध्यक्ष बनेका श्रेष्ठ पार्टीको केन्द्रीय  सदस्य हुन् । नेपाली सेनाबाट सेवानिवृत्त भएपछि राजनीतिमा आएका उनले यसअघि जिल्ला र प्रदेश समितिमा बसी जिम्मेवारी बहन गरिसकेका छन् । प्रदेश अध्यक्षको जिम्मेवारी पाएपछि श्रेष्ठले कर्णाली प्रदेश भौगोलिक रूपमा दुर्गम भए तापनि त्यो चुनौतीलाई पार गर्दै राप्रपा नेपालको बलियो संगठन निर्माण गर्न आफूले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरे ।