मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ असार १६ बिहीबार
  • Wednesday, 17 September, 2025
२o७९ असार १६ बिहीबार १२:३५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मुगुका भेडापालक कृषकलाई त्रिपाल र सोलार वितरण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ असार १६ बिहीबार १२:३५:oo

मुगुको छायाँनाथ–रारा नगरपालिका– १४ वामगाउँका भेडापालक कृषकलाई २२ वटा त्रिपाल, २२ थान सोलार सेट र एक सय ११ वटा कैँची वितरण गरिएको छ ।

जिल्ला पशु अस्पताल तथा पशुसेवा कार्यालय मुगुको भेडा प्रवर्द्धन कार्यक्रमअन्तर्गत वामगाउँका २२ समूहका एक सय ११ जना भेडापालक कृषकलाई बर्खामा पाटन बस्दा ओत लाग्ने पाल, राति उज्यालोको लागि सोलार, ऊन काट्ने कैँची र ऊन सफा गर्ने काइँयोलगायतका सामग्री वितरण गरिएको हो ।

बुधबार वामगाउँका भेडापालक कृषकलाई जिल्ला समन्वय प्रमुखको उपस्थितिमा उक्त सामग्री वितरण गरिएको हो । सामग्री वितरण कार्यक्रममा जिल्ला समन्वय समिति मुगुका प्रमुख, जिल्ला समन्वय अधिकारी, पशु अस्पताल तथा पशु सेवा कार्यालयका प्रमुख तथा अन्य कर्मचारी, सञ्चारकर्मी र स्थानीयसीको उपस्थिति रहेको थियो ।