१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
२०७९ असार १५ बुधबार २१:४७:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

वर्षाका कारण झापामा तीन सय बढी घर परिवार विस्थापित (तस्बिरहरू)

Read Time : < 1 मिनेट
२०७९ असार १५ बुधबार २१:४७:००

लगातारको वर्षाले झापामा तीन सय बढी घरपरिवार विस्थापित भएका छन् । रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालका अनुसार झन्डै एक हजार परिवार बाढीले प्रभावित भएका छन् । 

जिल्लाका सानाठूला नदी बस्तीमा बस्दा घर डुबानमा परेका छन् । घरमा पानी नसुक्दा उनीहरू अहिले पनि घर फर्कन सकेका छैनन् । बाढीपीडित अहिले पनि विद्यालय र बजारका टहराहरूमा बसिरहेका छन् । उद्धार र राहतका लागि स्थानीय तह जति संवेदनशील हुनुपर्ने त्यति हुन नसकेको सभापति ढकाल बताउँछन् । ‘स्थानीय तह उद्धारपछि बाढीपीडितको राहतका लागि जति संवेदनशील हुनुपर्ने त्यति देखिएन । तर, बुधबारदेखि भने केही स्थानीय तहले सकारात्मक निर्णय गरेर अघि बढेको छ,’ उनले भने ।  

रेडक्रस सोसाइटी झापाले विभिन्न ठाउँका बाढीपीडितलाई हाइजिन किट र गैरखाद्य वस्तु वितरण गरिरहेको उनले बताए । सबै सुरक्षा निकाय बाढी प्रभावितको उद्धारका निम्ति खटिएको प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले बताए ।

तस्बिरहरू हेर्नुहाेस्: