मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Wednesday, 16 July, 2025
Invalid date format १३:४५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

डाक्टरलाई कुटपिट गरेको आरोपमा पाँच ट्राफिक प्रहरीमाथि कारबाही हुने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १३:४५:oo

ललितपुरमा एक चिकित्सकलाई कुटेको आरोपमा पाँचजना ट्राफिक प्रहरीलाई जिल्ला प्रहरी परिसर ललितपुरले कारबाही गर्ने भएको छ। पुल्चोकमा रहेको आरोग्य प्रतिष्ठानमा कार्यरत डाक्टर कुलबहादुर घिसिङलाई सोमबार एक प्रहरी जवानले कुटपिट गरेपछि उक्त ड्युटी युनिटका अन्य प्रहरीलाई पनि कारबाही गरिने भएको हो।

राति १२ः४५ मा ड्युटी सकेर फर्कने क्रममा प्रहरीले हातपात गरेको ती चिकित्सकले प्रहरीसमक्ष जानकारी गराएका छन्। सोही आरोपमा उक्त राति ड्युटीमा खटिएको युनिटलाई नै कारबाही गरिने परिसरका एसपी सिद्धिविक्रम शाहले बताए। उनका अनुसार चिकित्सक घिसिङलाई ट्राफिक प्रहरी जवान राजेन्द्र थापाले कुटेको आरोप लागेको छ। आरोपपछि परिसरले प्रारम्भिक जाँचबुझ गरेको थियो।

प्रारम्भिक सोधपुछका क्रममा प्रहरीको गल्ती भेटिएपछि अनुसन्धान थालिएको एसपी शाहले जानकारी दिए।  प्रहरी जवानले चिकित्सकलाई कुटपिट गर्दा  अन्य प्रहरीले समेत जिम्मेवारी निर्वाह नगरेपछि पाँचैजनालाई कारबाही गर्न लागिएको हो। परिसरले ती प्रहरीमाथि अनुसन्धान गर्न ट्राफिक प्रहरी महाशाखालाई अनुरोध गरेको छ। हाल उनीहरूलाई महाशाखाको बग्गीखाना पठाइएको छ।