१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ १ मंगलबार o५:५७:oo
Read Time : < 1 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

बुढीगंगा नगरपालिकामा पुनः मतदानको बाटो खुल्यो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार o५:५७:oo

सर्वोच्च अदालतले बाजुराको बुढीगंगा नगरपालिकामा पुनः मतदान गर्ने निर्वाचन आयोगको निर्णय सदर गरेको छ । आयोगको निर्णय तत्काल कार्यान्वयन नगर्न माग गर्दै २६ जेठमा दायर रिटमा मंगलबार कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की र सुष्मालता माथेमाको इजलासले यस्तो आदेश गरेको हो । 

यो आदेशसँगै बुढीगंगामा पुनः निर्वाचनको बाटो खुलेको छ । ३० वैशाखमा भएको निर्वाचन स्वच्छ नभएको भन्दै आयोगले गत १२ जेठमा पुनः निर्वाचन गराउने निर्णय गरेको थियो । त्यसविरुद्ध दलबहादुर सावदले सर्वोच्चमा रिट दायर गरेका थिए ।

बुढीगंगामा मतदानका दिन कांग्रेस र एमालेका कार्यकर्ताबीच मतदानस्थलमै झडप हुनुका साथै उम्मेदवारमाथि कुटपिट भएको थियो । मतदातालाई समेत लखेटिएपछि मतगणना स्थगित भएको थियो । कांग्रेसले पुनः मतदानको र एमालेले गणनाको माग गरेको थियो ।

ad
ad