मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ असार १४ मंगलबार
  • Tuesday, 01 September, 2026
फाइल फाेटाे
नयाँ पत्रिका काठमाडौं
२o७९ असार १४ मंगलबार १३:२६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

एकीकृत समाजवादीबाट मन्त्री फेरिएपछि आज मन्त्रिपरिषद् बैठक बस्दै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ असार १४ मंगलबार १३:२६:oo

प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। दिउँसो ३ बजे प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा बैठक बोलाइएको प्रधानमन्त्रीका प्रेस संयाेजक गाेविन्द परियारले जानकारी दिए। आइतबार एकीकृत समाजवादीबाट मन्त्री हेरफेर भएपछि सोमबार बस्ने मन्त्रिपरिषद् बैठक बस्न सकेको थिएन।

नवनियुक्त मन्त्रीहरू जीवनराम श्रेष्ठ (संस्कृति पर्यटन तथा नागरिक उड्डयन), मेटमणि चौधरी (सहरी विकास), भवानीप्रसाद खापुङ (स्वास्थ्य तथा जनसंख्या), शेरबहादुर कुँवर (श्रम, रोजगार तथा सामाजिक सुरक्षा) र हिराचन्द्र केसी (स्वास्थ्य राज्यमन्त्री)ले सोमबार पद तथा गोपनीयताको शपथ लिएका थिए।