१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Wednesday, 02 July, 2025
नयाँ पत्रिका अर्घाखाँची
Invalid date format o७:५o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

अर्घाखाँचीको डाँडाकटेरीमा एक पुरुषले गरे श्रीमतीको हत्या   

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, अर्घाखाँची
नयाँ पत्रिका
Invalid date format o७:५o:oo

अर्घाखाँचीको मालारानी गाउँपालिका–२ डाँडाकटेरीमा एक पुरुषले आफ्नै श्रीमतीको हत्या गरेका छन् । शुक्रबार दिउँसो साढे २ बजे डाँडाकटेरीका २७ वर्षीय कमल भुसालले गम्छाले घाँटी कसेर आफ्नै श्रीमती २७ वर्षीया सरु भट्टराई भुसालको हत्या गरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरीक्षक अर्जुन पौडेलले जानकारी दिए।  

दुईजना घरबाट नजिकैको खरबारीमा घाँस दाउरा लिन भनी सँगै गएका थिए । त्यही समयमा कमलले कम्मरमा बाँधेको गम्छाले श्रीमतीको घाँटी कसेर मारेकाे प्रहरी समक्ष बताएका छन् ।

श्रीमतीको हत्या गरेपछि कमलले  इलाका प्रहरी कार्यालय खनमा गएर आत्मसमर्पण गरेका छन् । मैले ‘श्रीमतीको हत्या गरेँ’ भनी भुसाल आफैँ इलाका प्रहरी कार्यालय खनमा गएका थिए । प्रहरी निरीक्षक पौडेलका अनुसार घटनाकाे बारेमा अनुसन्धान भइरहेको छ ।  तर, श्रीमतीको हत्या गर्नुको खास कारण अझै खुलेको छैन ।