मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Wednesday, 16 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १५:२२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

लेखापरीक्षणमा समस्या हुँदा बेरुजु बढ्दो : अर्थमन्त्री शर्मा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १५:२२:oo

अर्थमन्त्री जनार्दन शर्माले नयाँ प्रविधिहरूबाट भइरहने डिजिटल कारोबारको लेखापरीक्षकहरूले अध्ययन गर्नुपर्ने बताएका छन्। शुक्रबार नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ (एक्यान)को ३७औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले डिजिटल कारोबार बढ्दै जाँदा अर्थतन्त्रमा समस्या देखिएकाले लेखापरीक्षकहरूले डिजिटल कारोबारको अध्ययन गर्नुपर्ने बताएका हुन्।

अडिटरहरू नै डिजिटल कारोबारको विज्ञ भएको पनि उनले बताए। मन्त्री शर्माले क्रिप्टोकरेन्सीलगायतको नेपालमा पनि कारोबार भइरहेको भन्दै यी सबै डिजिटल कारोबारको अध्ययन गर्न आवश्यक रहेको बताए। ‘अर्थतन्त्रमा समस्याहरू धेरै छन्। अहिले नयाँनयाँ डिजिटल प्रविधिहरूबाट कारोबारहरू भइरहेका छन्। ती कारोबारबारे अध्ययन गर्ने कसले हो ? यहाँहरू नै विज्ञ हुनुहुन्छ। यहाँहरूले नै अध्ययन गर्नुपर्छ होला,’ उनले भने।

मन्त्री शर्माले लेखापरीक्षणमा नै समस्या रहेकाले सरकारको ठूलो रकममा बेरुजु बढ्दै गएको बताए। लेखापरीक्षणमा समस्या हुँदा एकपछि अर्को बेरुजु थुप्रिँदै गएको उनको दाबी छ। सरकारलाई वर्षैपिच्छे बेरुजु भार पर्दै जानुमा लेखापरीक्षणलाई तोकिएको विधि, मान्यता र समयमा भुक्तानी गरेर अडिट गरी प्रमाणित नगर्नु नै प्रमुख कारण रहेको जिकिर गरेका छन्।

‘लेखापरीक्षण कार्यालयहरूमा गएर अडिटहरू गर्ने गरिन्छ । फेरि पनि अहिले सरकारको ठूलो–ठूलो, एकपछि अर्को बेरुजु थुप्रिँदै गइरहेको छ । हाम्रो एकाउन्टकै समस्या हो । त्यसलाई सही ढंगले समयमा निरुपण, अडिट र व्यवस्थापन नगर्दा समस्या परेको छ । अहिले राज्यले थुप्रै बेरुजु खेप्नुपरेको छ । यतै कतै कमजोरी छ,’ उनले भने।