१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 07 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १२:४o:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

साउन १ देखि कुहिने र नकुहिने फोहोर नछुट्याउनेलाई जरिवाना तिराइने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १२:४o:oo

काठमाडौं महानगरपालिकाले कुहिने र नकुहिने फोहोर नछुट्याउनेलाई पाँच सय जरिवाना तिराउने भएको छ। महानगरले बिहीबार सूचना जारी गर्दै आगामी साउन १ देखि यस्तो नियम लागू हुने जनाएको छ।

जैविक र अजैविक फोहोर छुट्याउने जिम्मा उत्पादनकर्ताकै रहेको बताउँदै घरमै दुई तरिकारले फोहोर वर्गीकरण गर्न महानगरले आग्रह गरेको छ। कुहिने र नकुहिने फोहोर नछुट्याए फोहोर नउठाइने तथा  जरिवाना तिराइने महानगरद्वारा जारी सूचनामा उल्लेख छ।

अन्यथा काठमाडौं महानगरपालिका वातावरण तथा प्रकृति स्रोत संरक्षण ऐन, २०७७ को दफा ५१ को (थ) तथा फोहोरमैला व्यवस्थापन ऐन, २०६८ को दफा ३८ (थ) बमोजिम जरिवाना गरिने महानगरले जनाएको छ। कुहिने र नकुहिने फोहोर लिन महानगरको गाडी फरक–फरक दिनमा आउनेछ।