१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २१ शुक्रबार o६:२८:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

गोदरेजका मेडिकल रेफ्रिजेरेटर नेपालमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o६:२८:oo

रेफ्रिजेरेटर ब्रान्ड गोदरेजले नेपाली बजारमा मेडिकल रेफ्रिजेरेटरहरू सार्वजनिक गरेको छ । मेडिकल रेफ्रिजेरेटर सेग्मेन्टमा गोदरेजले भ्याक्सिन रेफ्रिजेरेटर, ब्लड रेफ्रिजेरेटर, ल्याब रेफ्रिजेरेटर र फ्रिजरहरू बिक्री सुरु गरेको हो । 

कम्पनीका अनुसार गोदरेजका भ्याक्सिन रेफ्रिजेरेटरहरू स्योरचिल प्रविधिमा आधारित छन् । यसले रेफ्रिजेरेटरको तापक्रमलाई २ डिग्री देखि ८ डिग्रीमा स्थिर राख्ने जनाइएको छ । डब्लुएचओ पिक्युएस प्रि–क्वालिफाइड यी रेफ्रिजेरेटरहरूको होल्डओभर टाइम तीनदेखि चार दिनसम्म रहेको तथा ४७ देखि दुई सय ७६ लिटरसम्मको क्षमतामा उपलब्ध रहेको कम्पनीले जनाएको छ । 

ब्लड ब्याग, आरबिसी, ब्लड श्याम्पल आदि राख्न योग्य गोदरेजका ब्लड रेफ्रिजेरेटरहरू हर्मिटिकल्ली सिल्ड कुलिङ टेक्नोलोजीमा आधारित छन्, जसले रेफ्रिजेरेटरको तापक्रमलाई २ डिग्रीदेखि ६ डिग्रीमा स्थिर राख्ने कम्पनीले जनाएको छ । विभिन्न सल्भेन्ट, केमिकल्स, रिएजेन्ट किट्स, भ्याक्सिन, औषधिहरू आदि राख्न योग्य गोदरेजका ल्याब रेफ्रिजेरेटरहरू हर्मिटिकल्ली सिल्ड कुलिङ टेक्नोलोजीमा आधारित रहेको जनाइएको छ । यसले रेफ्रिजेरेटरको तापक्रमलाई २ डिग्रीदेखि ८ डिग्रीमा स्थिर राख्ने जनाइएको छ । 

सबै रेफ्रिजेरेटर आइएसओ र सिई सर्टिफाइड भएको र शतप्रतिशत सिएफसीमुक्त भएकाले पूर्णतया वातावरणमैत्री हुनुका साथसाथै खियाप्रतिरोधी रहेको कम्पनीले जनाएको छ । यी रेफ्रिजेरेटरहरूमा पूर्वचेतावनी र ऊर्जा व्यवस्थापनका लागि डिजिटल डिस्प्लेसँगै इन्टेलिजेन्ट इलेक्ट्रोनिक तापमान नियन्त्रण रहेको जनाइएको छ । यी रेफ्रिजेरेटरहरूमा दुई वर्षको वारेन्टी रहेको कम्पनीले जनाएको छ ।नेपालभर गोदरेज ब्रान्डको आधिकारिक विक्रेता चौधरी ग्रुपको सिजी इलेक्ट्रोनिक्सअन्तर्गत सिजी इओएल रहेको जनाइएको छ ।

ad
ad