मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Wednesday, 16 July, 2025
Invalid date format १७:३९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

ललितपुर महानगरले आठवटा विद्युतीय बस खरिद गर्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १७:३९:oo

ललितपुर महानगरपालिकाले आठवटा विद्युतीय बस खरिद गर्ने भएको छ। ललितपुर महानगर प्रहरीले सोमबार आयोजना गरेको कार्यक्रममा महानगरका मेयर चिरिबाबु महर्जनले आठवटा विद्युतीय बस खरिदको योजनाअघि सारेको बताए।

उनका अनुसार चारवटा बस तत्काल खरिद गर्ने तयारी भएको र बाँकी चारवटा केही समयपछि खरिद गरिनेछ। पाटनको महाबौद्ध, लगनखेल, कुमारीपाटी, जावलाखेल, पुल्चोकलगायतका रुटमा ती बस चल्नेछन्।

 ‘यी बस विशेषतः पर्यटकीय रुटमा गुड्नेछन्। यद्यपि पर्यटकबाहेक अन्य यात्रु पनि ती बसमा चढ्न पाउनेछन्,’ उनले भने, ‘यसबाहेक नगरले खरिद गर्ने सबै सवारीसाधन विद्युतीय हुनेछन्।’

महानगरले मुख्यमुख्य सडकमा बत्ती र सिसिक्यामेरा जडान गरिरहेको पनि उनले जानकारी दिए। उनका अनुसार महानगरले ट्राफिक व्यवस्थापनमा नगर प्रहरीसमेत परिचालन सुरु गरेको छ।