Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७९ असार ६ सोमबार ०६:३९:००
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

मुगुका दुई पालिकामा अझै पुगेन पुस्तक,सात हजार विद्यार्थीको पठनपाठन अन्योलमा

Read Time : < 1 मिनेट
२०७९ असार ६ सोमबार ०६:३९:००

शैक्षिक सत्र सुरु भएको डेढ महिना पुगिसक्दा पनि मुगुको खत्याड गाउँपालिका र सोरु गाउँपालिकामा पाठ्यपुस्तक पुग्न सकेको छैन । पाठ्यपुस्तक नपुगेपछि दुई गाउँपालिकामा रहेका ७८ विद्यालयमा अध्ययनरत करिब सात हजार विद्यार्थीको पठनपाठन अन्योलमा परेको छ ।

जेठको पहिलो सातामै पुग्नुपर्ने पाठ्यपुस्तक असारको दोस्रो साता हुनै लाग्दासमेत विद्यार्थीको हातमा पुगेको छैन । जसकारण दुई गाउँपालिकाका सात हजार विद्यार्थीको पठनपाठन प्रभावित बनेको छ ।

जिल्लाका चार स्थानीय तहमध्ये छायानाथ रारा नगरपालिका र मुगम कार्मारोङ गाउँपालिकामा जेठको अन्तिममा पाठ्यपुस्तक पुगेको थियो । विद्यालय सञ्चालन भएको डेढ महिनासम्म विद्यार्थीको हातमा पुस्तक नपर्दा पठनपाठनमा असर परेको खत्याड गाउँपालिकास्थित लोकप्रिय माध्यमिक विद्यालयका प्राधानाध्यापक टंक सञ्ज्यालले बताए । शिक्षकसँग पनि किताब नहुनाले अध्यापन गराउनमा झनै सास्ती व्यहोर्नुपरेको उनको भनाइ छ । सात सयभन्दा बढी विद्यार्थी रहेको आफ्नो विद्यालयमा पुराना पुस्तकबाट भए पनि जेनतेन चलाउँदै आएको सञ्ज्यालले बताए ।

खत्याड गाउँपालिकामा रहेका ४० सामुदायिक विद्यालय र सोरुका ३८ विद्यालयमा अबको एक साताभित्र पाठ्यपुस्तक लैजान सम्बन्धित निकायलाई ध्यानार्कषण गराउँदै पत्र पठाएको नेपाल विद्यार्थी संघ मुगुका संयोजक सोविन्द्रबहादुर मल्लले बताए । अबको एक साताभित्र दुवै गाउँँपालिकाका सम्पूर्ण विद्यालयमा पाठ्यपुस्तक नपुगे कडा कदम चाल्न बाध्य हुने उनको भनाइ छ ।

खत्याड गाउँपालिकाअन्तर्गत रहेका ४० वटा विद्यालयको पाठ्यपुस्तक खरिद तथा ढुवानीको जिम्मा एवान फेन्सी कलेक्सन एन्ड रारा सप्लायर्सका नरेन्द्र रोकायाले पाएका छन् । पाठ्यपुस्तक ल्याउन पटक–पटक ताकेता गरेको खत्याड गाउँपालिका शिक्षा शाखा प्रमुख लोकेन्द्र बुढाले जनाए ।