१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format १३:o८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मुगुका दुई पालिकामा अझै पुगेन पाठ्यपुस्तक, सात हजार विद्यार्थी अन्योलमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १३:o८:oo

शैक्षिक सत्र सुरु भएको लामो समय बित्दा पनि मुगुको खत्याड गाउँपालिका र सोरु गाउँपालिकामा अझै पाठ्यपुस्तक पुगेको छैन। डेढ महिना बित्दासम्म पाठ्यपुस्तक नपुगेपछि दुई गाउँपालिकामा रहेका ७८ विद्यालयमा अध्ययनरत करिब सात हजार विद्यार्थीको पठनपाठन प्रभावित भएको छ।

जेठको पहिलो सातामै पुग्नुपर्ने पाठ्यपुस्तक असारको दोस्रो साता हुनै लाग्दासमेत विद्यार्थीको हातमा पुगेको छैन। जिल्लाका चार स्थानीय तहमध्ये छायानाथ रारा नगरपालिका र मुगम कार्मारोङ गाउँपालिकामा पाठ्यपुस्तक जेठको अन्तिम साता पुगेको थियो। यद्यपि, खत्याड र सोरुका करिब सात हजार विद्यार्थीले अझै पाठ्यपुस्तक पाएका छैनन्।

विद्यालय सञ्चालन भएको डेढ महिनासम्म विद्यार्थीको हातमा पुस्तक नपर्दा पठनपाठनमा असर परेको खत्याड गाउँपालिकास्थित लोकप्रिय माध्यमिक विद्यालयका प्रधानाध्यापक टंक संज्यालले बताए। शिक्षकसँग पनि किताब नहुनाले अध्यापन गराउन झनै सास्ती व्यहोर्नुपरेको उनको भनाइ छ। 

खत्याडका ४० र सोरुका ३८ सामुदायिक विद्यालयमा अबको एक साताभित्र पाठ्यपुस्तक पुर्‍याउन माग गर्दै नेपाल विद्यार्थी संघ मुगुले ध्यानाकर्षण गराएको छ। ध्यानार्कषण गराउँदै सम्बन्धित निकायलाई पत्र पठाइएको नेविसंघ मुगुका संयोजक सोविन्द्रबहादुर मल्लले बताए। अबको एक साताभित्र दुवै गाउँपालिकाका सम्पूर्ण विद्यालयमा पाठयपुस्तक नपुर्‍याए कडा कदम चाल्न बाध्य हुने नेविसंघको चेतावनी छ।

खत्याड गाउँपालिकाअन्तर्गतका ४० वटा विद्यालयको पाठ्यपुस्तक खरिद तथा ढुवानीको जिम्मा लिएको ए–वान फेन्सी कलेक्सन एन्ड रारा सप्लायर्सका नरेन्द्र रोकायालाई पाठ्यपुस्तक ल्याउन पटकपटक ताकेता गरेको खत्याड गाउँपालिका शिक्षा शाखा प्रमुख लोकेन्द्र बुढाले बताए। पाठ्यपुस्तक यही महिनाको १२ देखि १५ गतेभित्र आइपुग्ने उनले बताए।