१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
तस्बिर : अमुल थापा
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २१ शुक्रबार १३:o४:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

अमेरिकी सेनासँग गम्भीर विषयमा सम्झौता हुन लागेको भन्दै सांसद सुवालद्वारा जवाफ माग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १३:o४:oo

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले प्रधानसेनापतिको अमेरिका भ्रमणका क्रममा गम्भीर विषयमा सम्झौता हुन लागेको आरोप लगाएका छन्। प्रतिनिधिसभाको मंगलबारको बैठकमा उनले एमसिसी सम्झौतामा हस्ताक्षर भएपछि बारम्बार अमेरिकी सेना नेपाल आइरहेकाे उल्लेख गर्दै सो आरोप लगाएका हुन्।

‘एमसिसी सम्झौता सैन्य मोर्चा भनेर हामीले विरोध गरेका थियौँ। त्यसवेला साथीहरूले अमेरिकी सेना कसरी आउँछ भन्नुभयो। अहिले अमेरिकी सेना बारबार नेपाल आइरहेको छ,’ सुवालले भने। अमेरिका भ्रमणका क्रममा प्रधानसेनापतिबाट विभिन्न १० वटा बुँदामा हस्ताक्षर गराउने र प्रधानमन्त्रीबाट समर्थन जनाउने तयारी भइरहेको दाबी गर्दै उनले यसमा यसअघिको एमाले सरकारका मन्त्रीहरूको समेत मिलेमतो रहेको आरोप लगाए।

‘नेपाली सेनाको ब्यारेक अमेरिकी सेनाले प्रयोग गर्ने, नेपाललाई समेत समेटेर अमेरिकाले बजेट बनाइसकेको, नेपालको गाडी र हल्का वायुयान पनि अमेरिकाले प्रयोग गर्ने, सरकारको स्वामित्वको जमिन प्रयोग गर्ने, उत्तरी क्षेत्रमा संयुक्त सैन्य अभ्यास गर्ने, घातक सैन्य सामग्री ल्याउने, अमेरिकाले ल्याएका सामानमा कर छुट दिने र प्रधानसेनापतिको अमेरिका भ्रमणमा यी सबै बुँदामा सही छाप गराइने र पछि प्रधानमन्त्रीलाई समेत समर्थन गराइने भन्ने कुरा आएको छ,’ सांसद सुवालले भने।

ad
ad