१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १३ आइतबार
  • Sunday, 26 May, 2024
तस्बिर : अमुल थापा
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ १३ आइतबार १४:४९:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

मल ल्याउन गरिने टेन्डर प्रक्रिया नै गलत छ : माओवादी सांसद चौधरी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ १३ आइतबार १४:४९:oo

माओवादी केन्द्रकी सांसद रामकुमारी चौधरीले मल ल्याउनका लागि गरिने टेन्डर प्रक्रिया नै बेठीक भएको बताएकी छिन्। प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै उनले कानुन संशोधन गरेर टेन्डर प्रक्रिया फेर्नुपर्नेमा जोड दिइन्।

‘धान रोप्ने वेलामा मल छैन। बर्सेनि मल अभाव भइराख्ने नेपालको ठेक्का प्रक्रिया नै बेठीक छ। त्यसैले यसलाई छिटोभन्दा छिटो संशोधन गरेर परिवर्तन गर्‍याे भने ठीक हुन्छ जस्तो लाग्छ,’ उनले भनिन्।

विगतमा चक्रपाणि खनाल कृषिमन्त्री हुँदा जिटुजी आवश्यक नभएको भन्दै तत्कालीन प्रधानमन्त्री केपी ओलीले सोसम्बन्धी फाइल फ्याँकेको स्मरण गर्दै उनले नीतिमा नै परिवर्तन गर्नुपर्नेमा जोड दिइन्। पछिल्लो पाँच बर्षमा दुईपटक सरकार गठन हुँदा ५/६ पटक कृषि मन्त्री परिवर्तन भएको उल्लेख गर्दै उनले यसलाई बिडम्बनापूर्ण बताइन्।

ad
ad