१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ५ शनिबार
  • Saturday, 18 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ५ शनिबार o६:o८:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

अमेरिकी जर्नेलले भने–  नेपाल–अमेरिका साथसाथै छौँ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ५ शनिबार o६:o८:oo

अमेरिकी सेनाको प्यासिफिक कमान्डका कमान्डिङ जनरल चार्ल्स ए फ्लिनले हरेक परिस्थितिमा नेपाल र अमेरिका सँगै उभिने तथा दुई सेनाबीच सहकार्य थप सृदृढ हुने विश्वास व्यक्त गरेका छन् ।

अमेरिकामा रक्षासँग सम्बन्धित कोर्स गरेर फर्केका सुरक्षा अधिकारी तथा सुरक्षाविज्ञको समूहलाई शनिबार सम्बोधन गर्दै जनरल चार्ल्सले नेपाली सेनाको सीप र अनुभवलाई अमेरिकी सेनाले प्रयोग गर्न चाहेको पनि बताए । 

जनरल चार्ल्सले भूकम्पदेखि कोभिड–१९ सम्म नेपाली र अमेरिकी सेनाबीच सहकार्य भएको स्मरण गरे । ‘हामी विगतमा पनि सँगै थियौँ, अब पनि हामी सँगै छौँ । नेपाली सेनाको अनुभवलाई हामी अलास्कामा पनि प्रयोग गर्न चाहिरहेका छौँ,’ जनरल चार्ल्सको भनाइ उद्धृत गर्दै एक सहभागीले भने । 

भारतमा चीनबारे बोलेर विवादमा आएका उनले चीनका विषयमा केही पनि बोलेनन् । शनिबार बिहान माउन्टेन उडानबाट सगरमाथा आधार शिविर पुगेर फर्केका उनले शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा र प्रधानसेनापति प्रभुराम शर्मासँग बेग्लाबेग्लै भेटवार्ता गरेका थिए ।

जनरल चार्ल्सले आइतबार पाँचखालस्थित नेपाली सेनाको वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र र शिवपुरीस्थित नेपाली सैनिक कमान्ड एन्ड स्टाफ कलेज भ्रमण गर्ने कार्यक्रम छ । आइतबारै उनी स्वदेश फर्किने कार्यक्रम रहेको जंगी अड्डाले जनाएको छ । 

ad
ad