१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २१ शुक्रबार o९:४८:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक गाभिने  : ३४ अर्ब चुक्ता पुँजीको बैंक बन्ने तयारी 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o९:४८:oo

नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड र मेगा बैंक नेपाल लिमिटेडबीच गाभिने (मर्जर हुने) सहमति भएको छ । शुक्रबार बसेको बैठकमा इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडे र मेगा बैंकका अध्यक्ष भोजबहादुर शाहले सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।  

हाल इन्भेष्टमेन्ट बैंकको एक सय कित्ता सेयर बराबर मेगा बैंकको ९० कित्ता बराबर (१ बराबर ०.९ प्रतिशत स्वाप रेसियो) हुने गरी मर्जर गरिने प्रारम्भिक सहमति भएको छ । इन्भेष्टमेन्ट बैंकको चुक्ता पुँजी १८ अर्ब ३० करोड र मेगा बैंकको १६ अर्ब १२ करोड रुपैयाँ छ । त्यसपछि बन्ने बैंक चुक्ता पुँजीको हिसाबले नेपालकै सबैभन्दा ठूलो हुनेछ । मर्जरपश्चात् बैंकको नाम नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड हुने सहमति भएको जनाइएको छ । मर्जरपछि सञ्चालक समितिको अध्यक्षमा पृथ्बीबहादुुर पाँडे र प्रमुख कार्यकारी अधिकृतमा ज्योति प्रकाश पाँडे रहने सहमति भएको छ । सञ्चालक समितिमा भने दुवै बैंकका सञ्चालकको प्रतिनिधित्व हुने जनाइएको छ । 

यी दुई बैंकको एक बराबर ०.९ प्रतिशत स्वाप रेसियो कायम भए चुक्ता पुँजी ३२ अर्ब ८० करोड रुपैयाँ पुग्नेछ । बैंकले स्वापका कारण उब्रिने रकम (प्रिमियम)पछि बोनस सेयर दिँदा चुक्ता पुँजी ३४ अर्ब पुग्नेछ । यद्यपि, स्वाप रेसियोको टुंगो भने सम्पत्ति मूल्यांकन प्रतिवेदनले गर्नेछ ।

मर्जर सम्भव भए त्यसपछि बन्ने बैंकको कुल निक्षेप संकलन तीन खर्ब २७ अर्ब र कर्जा लगानी तीन खर्ब १२ अर्ब रुपैयाँ पुग्नेछ । हाल इन्भेष्टमेन्ट बैंकको कर्जा प्रवाह एक खर्ब ६५ अर्ब र मेगाको एक खर्ब ४७ अर्ब रुपैयाँ छ । त्यस्तै, इन्भेष्टमेन्टको निक्षेप संकलन एक खर्ब ८० अर्ब र मेगाको एक खर्ब ४७ अर्ब रुपैयाँ रहेको छ । चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा इन्भेष्टमेन्ट बैंकले दुई अर्ब ४७ करोड र मेगा बैंकले दुई अर्ब रुपैयाँ नाफा कमाएको थियो ।

शुक्रबार जारी गरिएको संयुक्त प्रेस विज्ञप्तिमा दुई बैंक गाभिएपछि वित्तीय क्षेत्रमा थप ऊर्जा प्रदान गरी देशकै सबैभन्दा ठूलो वाणिज्य बैंक बन्ने उल्लेख गरिएको छ । यसले नेपाल राष्ट्र बैंकको नीतिलाई समेत थप उत्साह प्रदान गरी अन्य बैंकहरूलाई समेत मर्जरका लागि प्रेरित गर्ने जनाइएको छ । दुई बैंक गाभिएपछि संस्थाको पुँजी वृद्धि, कार्य क्षेत्र तथा कार्य क्षमतामा अभिवृद्धि हुनुका साथै देशकै एक सबल एवम् सक्षम बैंकका रूपमा वित्तीय बजारमा स्थापित भई ग्राहकलाई थप उत्कृष्ट सेवा प्रदान गर्न सकिने विज्ञप्तिमा उल्लेख छ । 

ad
ad