१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
बलका लागि संघर्ष गर्दै विजय युथ र नवजनजागृतिका खेलाडी ।
२०७९ जेठ २७ शुक्रबार ०९:०९:००
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

मकवानपुर गोल्डकप : विजय युथ र एभिनियर अन्तिम चारमा 

Read Time : > 1 मिनेट
२०७९ जेठ २७ शुक्रबार ०९:०९:००

खेलको अन्तिम इन्जुरी समयमा सुनील घलानले डिबक्स बाहिरबाट गरेको सशक्त प्रहार गोलमा परिणत हुँदा विजय युथ ३–० ले विजयी भयो ।

हेटौंडाको विजय युथ क्लब र क्यामरुनको एभिनियर एफसी चौथो सहिद स्मृति मकवानपुर गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेका छन् । बिहीबार बिहान विजय युथले नव जनजागृति युवा क्बल सिमरालाई ३–० ले हराउँदै अन्तिम चारको स्थान पक्का पारेको हो ।

दोस्रो खेलमा एभिनियरले यसै सिजनमा ए डिभिजनमा उक्लेको चर्च ब्वाइजलाई ४–० ले पराजित गर्दै सेमिफाइनल स्थान पक्का गरेको हो । बुधबार दिउँसो भारी वर्षाका कारण विजय युथ र नव जनजागृतिबीचको खेल स्थगित भएको थियो । विजय युथका लागि अमिर श्रेष्ठ, संजोग राई र सुनील घलानले गोल गरे । खेलको ५४औँ मिनेटमा अमिरले राम्रो फिनिसिङ गर्दै १–० को अग्रता लिए । ६३औँ मिनेटमा संजोगले विजय युथलाई २–० को स्थितिमा पुर्‍याए । गोलरक्षक दिलमणि चौधरीबाट रिवाउन्ड बललाई राईले गोलमा परिणत गरेका हुन् । 

खेलको अन्तिम इन्जुरी समयमा सुनिल घलानले डिबक्स बाहिरबाट गरेको सशक्त प्रहार गोलमा परिणत हुँदा विजय युथ ३–० ले विजयी भयो । खेलमा म्यान अफ द म्याच हुँदै विजय युथका सुनिल घलानले १० हजार रुपैयाँ पाए । 

चर्च ब्वाइजको फराकिलो विजय
प्रतियोगिताको अन्तिम क्वार्टरफाइनलमा एभिनियरले चर्च ब्वाइजमाथि एकपक्षीय खेल प्रदर्शन गर्‍यो । खेलको आठौँ मिनेटमा बिल्लेले एभिनियरलाई १–० को अग्रता दिलाए । २७र्औँ मिनेटमा टिम्बाले २–० का लागि गोल गरे । ३५औँ मिनेटमा चर्च ब्वाइजका गोलरक्षक किशोर गिरीलाई सहजै बिट गर्दै डेलले ३–० को अग्रता दिलाए । ४०औँ मिनेटमा सेमसेमको प्रहार गोलरक्षक गिरीको हातमा लाग्दै गोल भयो । शुक्रबार पहिलो सेमिफाइनलमा विजय युथ र नेपाल पुलिस क्लबबीच खेल हुनेछ । शनिबार दोस्रो सेमिफाइनल त्रिभुवन आर्मी क्लब र एभिनियरबीच हुनेछ । 

३० जेठसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले १५ लाख र उपविजेताले १० लाख रुपैयाँ पाउनेछन् । सर्वोत्कृष्ट खेलाडीले बुलेट मोटरसाइकल तथा विधागत उत्कृष्ट खेलाडी र प्रशिक्षकले जनही २५ हजार रुपैयाँ पाउनेछन् ।