१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २१ शुक्रबार १४:o९:oo
Read Time : < 1 मिनेट
ad
ad
सप्तरंग डिजिटल संस्करण

‘मेरो भ्वाइस कप युएसए’ र ‘मेरो डान्स कप युएसए’का प्रतिस्पर्धी नेपालमा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १४:o९:oo

इन्ट्रा नेसनल वेल फेयर एन्ड सपोर्ट फाउन्डेसन अफ अमेरिका (इन्ट्रा फाउन्डेसन)ले अमेरिकामा आयोजना गर्दै आएको ‘मेरो भ्वाइस कप युएसए’ र ‘मेरो डान्स कप युएसए’ (सिजन– २) को उत्कृष्ट १२ मा पर्न सफल प्रतिस्पर्धीहरू नेपाल आइपुगेका छन्।

इन्ट्रा फाउन्डेसन र नेपाल च्याप्टरको आयोजनामा अमेरिकाबाट आएका २४ प्रतिस्पर्धीसहित ४२ प्रतिनिधिलाई विमानस्थलमा स्वागत गरिएको हो।  दुवै शोका निर्णायकलाई समेत आयोजकले स्वागत गरेको छ। ग्यालेक्सी फोर के टेलिभिजनबाट हरेक शुक्रबार र शनिबार प्रसारण भइरहेको शोको बाँकी १० भागको छायांकन नेपालमै हुने आयोजकले जनाएको छ। कार्यक्रमको फाइनल भने अमेरिकामा नै हुने आयोजकको भनाइ छ।
 
अमेरिका र क्यानडामा रहेका नेपालीभाषीहरूको प्रतिस्पर्धा रहेको ‘मेरो भ्वाइस कप– २’ को उत्कृष्ट १२ मा शीतल शर्मा, मुना लकान्द्री, बाबु खालिङ, करण तामाङ, प्रेम आङदेम्बे, मेघा पौडेल, अजित सुब्बा, सम्राट गुरुङ,  सागर सुवेदी, लीला गजमेर र संगिता बोगटी रहेका छन्।

त्यसैगरी, ‘मेरो डान्स कप’को उत्कृष्ट १२ मा सुमन लामिछाने, सिवानी ढकाल, विशाल उप्रेती, रेजिना सुब्बा, रेनुका राई, सभ्य विष्ट, सुमिका तामाङ, आयुषा समाललगायत छन्।

‘मेरो भ्वाइस कप युएसए’को निर्णायकमा दीपक जंगम, सुरेश अधिकारी, शिव परियार, पुष्पन प्रधान, सुजाता वर्मा र अर्जुन रसाइली छन् भने ‘मेरो डान्स कप, युएसए’को निर्णायकमा मिथिला शर्मा, दिलीप रायमाझी, केकी अधिकारी, शंकर बिसी, सञ्चिता लुइँटेल र नरमान राई छन्। दुवै कार्यक्रमको सञ्चालन नायिका रिमा विश्वकर्मा र राजेश घतानीले गर्नेछन्।

ad
ad