१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 01 July, 2025
तस्बिरहरु : पवन बराइली
नयाँ पत्रिका काठमाडौं
Invalid date format १२:१८:oo
Read Time : > 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

महानायक हमालद्वारा सिन्धुपाल्चोकका विद्यार्थीलाई ट्याब वितरण (तस्बिरहरू)

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १२:१८:oo

महानायक राजेश हमाल मंगलबार सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका– ८ ज्यामिरे पुगे। उनलाई हेर्न मेलापात छाडेर गाउँभरका बुढापाका र बालबालिका भेला भएर बसेका थिए। विद्यालयका विद्यार्थीलाई ‘के फाउन्डेसन’ अमेरिकाको तर्फबाट  ट्याब वितरण गर्न हमाल ज्यामिरे पुगेका थिए। उनलाई पञ्चकन्या आधारभूत विद्यालय परिसरमा स्थानीयवासीले खादा र मालाले भव्य स्वागत गरे।

 

 
स्थानीलाई खुसी बाँड्न र विद्यार्थीलाई शैक्षिक गुणस्तरका लागि डिजिटल प्रविधिसँग शिक्षालाई जोड्न शैक्षिक सामग्री बाँड्न उनी त्यहाँ पुगेका थिए। उनले अल्लारे चलचित्रको रातो टीका निधारमा बोलको गीतमा स्थानीय र विद्यालयका विद्यार्थीहरूसँग नृत्य पनि गरेका थिए। साे अवसरमा ‘गाेर्खाली तक्मा ग्रुप’ले म्युजिकल माेटिभेसन कार्यक्रमअन्तर्गत सांगीतिक कार्यक्रम राखेकाे थियाे।

 

सिनेमामा मात्रै देखेका हमाललाई आफ्नै गाउँमा प्रत्यक्ष भेट्न पाउँदा गाउँले निकै खुसी देखिन्थे। सो अवसरमा हमालले अमेरिकानिवासी प्रकुल न्यौपानेको सहयोगमा पञ्चकन्या आधारभूत विद्यालय र शर्मासुधा आधारभूत विद्यालयलाई पाँच–पाँचवटा ट्याब वितरण गरे। उनले विद्यालयका विद्यार्थीहरूसँग भलाकुसारी पनि गरे। हमालले विद्यालय परिसरमा एभोकार्डोको बिरुवा पनि रोपेका थिए।

हमालले गाउँघरम डुल्दै स्थानीयसँग साक्षात्कार गर्दा आफूलाई आनन्द मिलेको बताए। ‘म दुर्गम गाउँमा सकेसम्म पुग्ने कोसिस गरिरहेको छु। इन्टरनेटमा अप्रत्यक्ष रूपमा सबैसँग भेटिरहे्कोर हुन्छु। तर, यसरी प्रत्यक्ष रूपमा भेट्न पाउँदा अत्यन्तै खुसी लाग्छ,’ उनले भने।

दुर्गम क्षेत्रका विद्यार्थीको शिक्षालाई प्रविधिसँगै जोड्ने उद्देश्यले विद्यालयलाई ट्याब उपलब्ध गराएको के फाउन्डेसन नेपालका अध्यक्ष सौरभ रिमालले बताए। ‘विद्यालयमा  कम्प्युटर सीमित हुन्छन्। ट्याबबाट प्रत्येक कक्षाकोठामा पुगेर सिकाउन पनि मिल्छ। सबै विद्यार्थीको पहुँचमा पनि पुग्ने भयो। त्यसकारण हामीले ट्याब वितरण गरेका हौँ,’ उनले भने। 

त्यस्तै, अध्यक्ष रिमालले डिजिटल प्रविधिसँग विद्यार्थीलाई सिकाउने शैलीमा पनि परिवर्तन गर्नुपर्ने बताए। के फाउन्डेसनले चितवन, रामेछाप, लमजुङ, सिन्धुपाल्चोकलगायत जिल्लाका विभिन्न विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री र पोसाक वितरण तथा पुस्तकालय स्थापना गर्दै आएको छ।